सुनसरी–मोरङ औद्योगिक करिडोर र मोरङको औद्योगिक सर्वेक्षण आजबाट सुरु

Advertisement

बिराटनगर । उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङको औद्योगिक तथ्याङ्क संकलन आइतबारबाट सुरु गरेको छ । तथ्य र तथ्याङ्कमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न यस क्षेत्रका सबै औद्योगिक प्रतिष्ठानहरुको औद्योगिक तथ्याङ्क संकलन गरि डाटाबेस तयार गर्न लागिएको संगठनले जनाएको छ । 

संगठनका अध्यक्ष सुयश प्याकुरेलले एक पटक यस्तो डाटाबेस तयार भएपछि नियमित रुपमा अद्यावधिक गरिने योजना रहेको बताए । उद्योगसम्वन्धी विविध पक्ष समेटिएका करिव सय प्रश्न लिएर पाँच जना गणकहरुलाई तथ्याङ्क संकलनका लागी परिचालित गरिने छ । 

Advertisement

संगठनले तथ्याङ्कको गुणस्तरीयता कायम गर्न गणकहरुका लागी दुई दिने तालिम समेत सञ्चालन गरेको थियो । गणकहरुले मोवाइल एपबाट तथ्याङ्क संकलन गर्ने छन । यसरी संकलन गरिएको तथ्याङ्कको गुणस्तरीयता अनलाइन बाटै मोनिटर गरिने जनाइएको छ । 

फ्याक्ट्स नेपाल नामक परामर्शदाता कम्पनीसँगको सहकार्यमा सञ्चालन गरिने सर्वेक्षण र तथ्यांक प्रशोधनको काम असोज भित्रमा सक्ने र मंसिरको पहिलो सातासम्म प्रतिवेदन तयार हुने संगठनको भनाई छ ।

Advertisement

Advertisement