सेल्पेले दशैंका लागि ल्यायो अफरः सामसङ ग्यालेक्सी फ्प्सि थ्री पनि जित्न सकिने

Advertisement

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी सेलकम प्रा. लि. को सेलपे सेवाले यस बर्ष दशैंको अवसरमा आफ्ना ग्राहकहरुका लागि नयाँ अफर घोषणा गरेको छ । यस योजना अन्तर्गत हरेक दिन सय जना ग्राहकहरुले एक जिबी डेटा प्याक १० दिनका लागि र एक जना बिजेताले गोलाप्रथाबाट स्यामसङ ग्यालेक्सी फ्प्सि थ्री पाउन सक्नेछन् । 

यो योजना असोज १७ गतेदेखि असोज २६ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने द्रुत, सरल तथा सुरक्षित सेवा हो । बास्तविक समयमा भुक्तानी हुने सेलपेमा बैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिन्छ । 

Advertisement

सेलपेबाट दुरसञ्चार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, इन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव पाँच लाख मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पीटूपी, पीटूबी, बीटूपी, बीटूबी आदि वास्तविक समयमा गर्न सकिन्छ । साथै ग्राहकहरुले सेल्पे कार्ट सेवामार्फत घरमै बसी बिभिन्न सामानहरु खरिद गर्न सक्छन् । 

Advertisement