राष्ट्र बैंकको निर्देशन नमान्ने नौ वाणिज्य बैंक र आठ फाइनान्स कारवाहीमा, सूचीसहित

Advertisement

काठमाडौं । पछिल्लो समय राष्ट्र बैंकले वित्तीय नियम उल्लघन गर्ने बैंक तथा वित्तीय संस्था धमाधम कारबाही गरिरहेको छ । राष्ट्र बैंकले वाणिज्य बैंक र फाइनान्स कम्पनीलाई नियम अनुसार काम नगरेको भन्दै कारबाही गरेको छ । गत आर्थिक वर्षमा आठ फाइनान्स कम्पनी र नौ वाणिज्य बैंकलाई केन्द्रीय बैंकले कारबाही गरेको हो । 

हाल सञ्चालनमा रहेको २७ वाणिज्य बैंकमध्ये नौं बैंकलाई राष्ट्र बैंकले गत आर्थिक वर्षमा  तोकिएको शर्त पालना नगरेको तथा पालना गर्नुपर्ने नियम उलंघन गरेको भन्दै कारवाही गरेको छ ।राष्ट्र बैंकको बैंक तथा वित्तीय क्षेत्र सुपरिवेक्षण विभागले गत आवमा गरेको अनुगमन तथा निरीक्षणमा दिइएको नीति निर्देशन विपरित कारोबार गर्ने वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई जरिवानासहित कारवाही गरेको जानकारी दिएको छ ।
 
राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई तोकिएको अनिवार्य नगद मौज्दात (सीआरआर) कायम नगरेको, सम्पती सुदृढीकरण सम्बन्धी ऐन उल्लंघन गरेको, प्राथमिकता प्राप्त क्षेत्रमा सीमासम्म लगानी नगरेको तथा अन्य नीति निर्देशन विपरित गएर कारोबार गरेको भन्दै कारबाही गरेको छ ।
 
जरिवानासहित कारबाहीमा पर्नेमा स्ट्याण्डर्ड चार्टर्ड, ग्लोबल आइएमई, राष्ट्रिय वाणिज्य, लक्ष्मी, सिभिल, प्रभु, नेपाल बंगलादेश र हिमालयन बैंक छन् । राष्ट्र बैंकले यी बैंकहरूलाई पहिलो त्रैमासदेखि अन्तिम त्रैमाससम्म कारबाही गरेको हो । जसमा स्ट्याण्डर्ड चार्टर्ड, सिभिल र हिमालयन पटक पटक तोकिएको नियम उल्लंघन गरी कारवाहीमा परेका राष्ट्र बैंकले जानकारी दिएको छ ।

Advertisement

गत आवको पहिलो त्रैमासमा लक्ष्मी बैंकले सम्पत्ति शुद्धिकरण सम्बन्धी निर्देशनउल्लघन गरेका कारण २० लाख रुपियाँ जरिवानामा परेको छ । गत आवको दोस्रो त्रैमासमै स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह नगर्दा ५७ लाख ८४ हजार ६१७ रुपियाँ जरिवाना तिरेको थियो ।

राष्ट्र बैंकबाट पहिलोपटक कारवाही भोगको बैंकले फेरि तोकिएको निर्देशन पालना नगरेका कारण दोस्रो पटक पनि कारवाही स्वरुप राष्ट्र बैंकले सचेत गराएको थियो । गत आवको दोस्रो त्रैमासमै ग्लोबल आइएमई बैंकलाई राष्ट्र बैंकले दिइएको अन्य निर्देशन उल्लंघन गरेका कारण यसलाई कारवाही स्वरुप राष्ट्र बैंकले अन्तिम मौका दिँदै सचेत गराएको छ । दोस्रो त्रैमासकै अवधिमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई राष्ट्र बैंकले बोलाएर नियम उल्लंघन गरेको भन्दै सचेत गराएको थियो ।

गत आवको चौथो त्रैमासमा राष्ट्र बैंकको कारवाहीमा परेको वाणिज्य बैंकहरू  

गत आवको दोस्रो त्रैमासमा राष्ट्र बैंकको कारवाहीमा परेको वाणिज्य बैंकहरू 

गत आवकै तेस्रो त्रैमासमा सिभिल बैंकले सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन उल्लंघन गर्दा १० लाख रुपैयाँ जरिवाना र ऋणीसँग अप्रत्यक्ष रूपमा कारोबार गर्दा कारवाहीमा परेको थियो । ऋणीसँग अप्रत्क्ष रूपमा कारोबार गर्दा संस्थागत सुशासन सम्बन्धी व्यवस्थाको पालना नभएको भन्दै केन्द्रीय बैंकले बैंकका अध्यक्ष इच्छाराज तामाङलाई नसिहत दिएको थियो । बैंकका ऋणीसँग अप्रत्यक्ष कारोबार गरेको भेटिएपछि बैंकका अध्यक्ष तामाङ नसिहतमा परेका हुन् ।

राष्ट्र बैकको दुई पटक कारवाहीमा परेको सिभिल बैंकको कारवाही विवरण 

 

 

कुन कुन फाइनान्स कम्पनी परे कारवाही ? 
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ५ फाइनान्स कम्पनीलाई कारवाही गरेर ५५ लाख ७६ हजार रुपियाँ भन्दा बढी जरिवाना तिराएको छ । राष्ट्र बैंकले तोकेअनुसार विपन्न वर्गमा कर्जा लगानी नगरेको, न्यूनतम मौज्दात कायम नगरेको र पुँजी, निक्षेप र कर्जाको अनुपात कायम नगरेको कारण यी कम्पनीहहरू कारबाहीमा परेका हुन ।

राष्ट्र बैंकले गत आर्थिक वर्षमा गरेको गैरस्थलगत सुपरीवेक्षणको आधारमा तोकिए अनुसार अनिवार्य नगद मौज्दात, विपन्न वर्ग कर्जा र सीसीडी अनुपात नपुर्याएको भन्दै ५ वटा फाइनान्स कम्पनीहरूबाट जरिवाना असुल गरेको छ । फाइनान्स कम्पनीहरूले सबैभन्दा बढी जरिवाना विपन्न वर्गमा कर्जा लगानी नगरेवापत तिरेका छन् । राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो कुल लगानीको न्यूनतम ५ प्रतिशत विपन्न वर्गमा लगानी गर्नुपर्ने व्यवस्था रहेको छ । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार फाइनान्स कम्पनीले काम नगर्दा यस्तो कारवाहीमा चार वटा फाइनान्स कम्पनी परेका छन् ।  

यसैगरी सीसीडी रेसियो कायम नगरेकाले ललितपुर फाइनान्सले ६४ हजार ५७२ रुपियाँ र अनिवार्य नगद मौजाद कायम नगरेकोमा समृद्धि फाइनान्सले १३८ रुपैयाँ र ललितपुर फाइनान्सले २ हजार ८०७ रुपियाँ जरिवाना तिरेको राष्ट्र बैंकले जानकारी दिएको छ । फाइनान्स कम्पनीहरूले निक्षेपको ३ प्रतिशत अनिवार्य नगद मौज्दात (सीआरआर) कायम गनुपर्ने प्रावधान छ । 

राष्ट्र बैंक सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा बढी जरिवाना तिर्नेमा ललितपुर फाइनान्स कम्पनी परेको छ । यो कम्पनीले चार पटक गरी २१ लख जरिवाना तिरेको छ । तीन पटक विपन्न वर्ग कर्जा सीमाअनुसार नपुर्याएको भन्दै २० लाख ५६ हजार रुपियाँ र एक पटक सीसीडी रेसियो कायम नगरेको भन्दै ६४ हजार ५७२ रुपियाँ जरिवाना तिरेको हो ।

जानकी फाइनान्स कम्पनीले पनि तोकिए अनुसार विपन्न वर्गमा कर्जा लगानी नगर्दा ३१ लाख ९२ हजार ३०८ रुपियाँ जरिवाना तिरेको छ । सिटी एक्सप्रेस फाइनान्सले पहिलो पटक सीसीडी रेसियो उल्लंघन गरेको भन्दे ६४ हजार ५७२ रुपियाँ जरिवाना तिरेको छ ।

राष्ट्र बैंकको कारवाही भोगको फाइनान्स कम्पनीको विवरण 

Advertisement