लुले ओली भेटे, एमसीसीबारे कुरा गर्न सरकार नै आएको छैन्ः ओली

Advertisement

काठमाडौं । एमसीसी सम्झौताबारे छलफल गर्न आएको अमेरिकीइ सहायक विदेशमन्त्री डोनाल्ड लुले शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेका छन् । 

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा लूले एमसीसी सम्झौता र अनुदान लिने नलिनेबारे एमालेको पार्टीगत धारणा सोधेका थिए । जवाफमा ओलीले आफ्नो दल सरकारमा नभएकाले एमसीसीबारे स्पष्ट पोजिसन नरहेको र सरकारले पनि यसबारे आफूहरुसँग कुनै परामर्श नगरेको जानकारी दिएका थिए ।  

Advertisement

ओलीको भनाई उदृत गर्दै भेटमा सहभागी एमाले नेता राजन भट्टराईले भने, ‘फतिमा सुमार आउँदा पनि सरकारले एमसीसीबारे हामीसँग कुनै परामर्श गरेको थिएन र अहिले तपाईं आउँदा पनि गरेको छैन् । यदि छलफल गर्न सरकार आयो भने हामी आफ्नो धारणा दिन्छौं ।’

साथै भेटमा लुले नेपालमा क्लिन इनर्जीको सम्भावना रहेको र जलवायु संकटविरुद्ध अमेरिकाले मिलेर नेपालसँग लड्न चाहेको बताएका थिए । उनले कोभिड–१९ महामारी र स्वास्थ्य क्षेत्रको विकासमा पनि अमेरिकाले सहयोग गर्ने बताएका थिए । 

भेटमा अमेरिकी राजदूत र्याण्डी बेरी, एमाले नेताहरु सुवाश नेम्वाङ, बिष्णु रिमाल, दूतावासका अन्य अधिकारी पनि सहभागी थिए । लूले आजै नेपाली सरकारी अधिकारीहरुलाई सिंहदरबारमा भेट गरेका थिए । 

Advertisement

Advertisement