Advertisement

काठमाडौं । सिभिल बैंकले पछिल्लो समय मासिक २५ हजारका दरले ग्राहक विस्तार गरिरहेको छ । सुरुका वर्षमा बार्षिक २५ हजार मात्रै ग्राहक मात्रै विस्तार गरेको यो बैंकले केही वर्ष दुई लाख ग्राहक लिएर बसेको थियो । 

पछिल्लो समय यो बैंकले रणनीति परिवर्तन गरेसँगै यो वर्षसम्म आइपुग्दा आठ लाख ग्राहक पुर्याउन सफल भइसकेको छ । आफ्नो पहुँच विस्तार गरिरहेको सिभिल बैंकको शाखा संख्या ११५ पुगेको छ भने बैंकले डिजिटल बैंकिङ प्रणालीलाई पनि प्राथमिकता दिएको छ । 

Advertisement

अब शाखा विस्तारलाई भन्दा डिजिटल सेवालाई प्राथमिकता दिने सिभिल बैंकका सीईओ सुनिल पोखरेल बताउँछन् । बैंकले ११ वर्षमा बार्षिक औसत ५ प्रतिशतभन्दा कम नै लाभांश दिएको छ । गएको आर्थिक बर्षको मुनाफाबाट विगतको औषतभन्दा बढी लाभांश दिने र चालू आवमा लिएको रणनीति र व्यवसायी दायरा विस्तारले अगामी वर्ष दोहोरो अंशमा लाभांश दिन सक्ने क्षमता विकास भइसकेको पोखरेलले बताए ।

सिभिल बैैंकले शुक्रबारबाट १० वर्ष अवधिको लागि ऋणपत्र बिक्री खुला गरेको छ । अहिलेको मुद्धती निक्षेपमा दिनेभन्दा बढी ब्याज दर दिएर जारी गरिएको उक्त ऋणपत्रमा लगानी गरेर व्यक्तिगत लगानीकर्ताले उपयुक्त प्रतिफल लिन सक्ने पोखरेल बताउँछन् । 

ऋणपत्र शेयर बजार जस्तै किनबेच हुन्छ । ऋणपत्र धितो राखेर कर्जा लिन पाइन्छ भन्ने जानकारी अझै धेरै लगानीकर्तालाई थाहा नभएर ऋणपत्रमा रुची शेयर बजारको तुलनामा कम हुने गरेको छ । 

पछिल्लो समय बैंकिङ क्षेत्रमा बढेको तरलता अभावका कारण बैंकहरूले कर्जा रोक्नुपर्ने अवस्थामा पुगेको छन् । पोखरेलका अनुसार तरलता अभाव तत्कालै सुध्रने अवस्था नभएकोले कम्तिमा आगामी चैतपछि मात्रै तरलता सहज हुने अनुमान गरेका छन् । 

पछिल्लो समय बैैंकहरूमा तरलता अभाव भएको विषयलाई राष्ट्र बैंकको ल्याएको कर्जा निक्षेप (सीडी) अनुपातको व्यवस्थाले भन्ने गरिएको छ । यदि अहिले गत वर्षजस्तै पुँजी कर्जा निक्षेप (सीसीडी)को व्यवस्था भएको भए पनि र राष्ट्र बैैंकले शेयरमा मार्जिन कर्जामा गरेको नयाँ व्यवस्था नगरेको भए पनि तरलता अभाव हुने नै थियो भन्दै सीईओ पोखरेलले कोभिडपछि छिटो अर्थतन्त्र रिभाइव हुँदा र कर्जाको माग नै बढेको कारण बैंकिङ प्रणालीमा कर्जा विस्तार भएको तर सो अनुपातमा निक्षेप नआएकोले अभाव देखिएको बताए ।

उनका अनुसार शेयर धितो कर्जाको ४–१२ को सीमा कायम नभएको भए पनि अहिले तरलता अभावका कारण शेयर बजारबाट लगानीकर्ता बाहिरिदै गएका छन् । सोही कारण बजार घटिरहेको हो । तरलता अभाव हुँदा कर्जाको ब्याज बढ्ने हुन्छ । कर्जा लिएर लगानी गर्ने लगानीकर्ताले महंगो ब्याजदरमा ऋण लिएर लगानी गर्न नसक्ने अवस्था आएको उनको विश्लेषण छ । 

अहिलेको अवस्थामा ४–१२ को सीमा नभएको थियो भने पनि अहिले कुनै पनि बैंकले शेयर कर्जामा ५० औं करोड लगानी गर्नसक्ने अवस्था पनि नहुने बुझाई पोखरेलकको छ । उनले यस्तो बेला ऋण लिएर लगानी गरेका लगानीकर्ताले उपयुक्त समयमा नै बाहिरिनु राम्रो हुने बताए । 

पोखरेलका अनुसार आफ्नो लगानी विश्लेषण गरेर एउटाबाट अर्को योजनामा जानुपर्छ । ऋणमा बढी निर्भर भएका लगानीकर्ताले भने घाटा कम गर्नु पनि नाफा भएको बुझाई उनको छ । सिभिल बैंकको पछिल्लो अवस्था,  आगामी रणनीति र अरु विविध विषयमा गरिएको कुराकानी भिडियोमा हेर्नुहोसः 

Advertisement

Advertisement