‘भ्यालेन्टाइन्स डे’मा भिभोले ‘भिभोटाइन फोटोग्राफी कन्टेस्ट’ गर्ने

Advertisement

काठमाडौं । परिचित स्मार्टफोन ब्राण्ड भिभोले नजिकिँदो ‘भ्यालेन्टाइन्स डे’लाई लक्षित गर्दै ‘भिभोटाइन फोटोग्राफी कन्टेस्ट’ गर्ने भएको छ । प्रेम, खुशी तथा सुन्दर सम्बन्धको उत्सव मनाउन यो प्रतियोगिता गर्न लागेको सा ब्राण्डले जनाएको छ । 

यसअन्तर्गत आफ्ना अमूल्य सम्झनाहरु दुनियाँसामु शेयर गर्ने अवसर प्रदान गरिने भिभो नेपालले जनाएको छ । भिभोले प्रयोगकर्ताहरुलाई आगामी फेब्रुअरी ६ मा शुरु हुने कन्टेस्टमा सहभागी हुन र फोटोग्राफीका पारखीहरुलाई विशेष लागेका कुराहरुको फोटो खिचेरआफ्ना सिर्जनात्मक प्रतिभा उजागर गर्न सबै सामाजिक सञ्जालमार्फत् प्रेरित गरिरहेको जनाएको छ । 

Advertisement

साथै, भिभोले आफ्ना उपभोक्ताका लागि भी तथा वाई सिरिजका स्मार्टफोनको खरिद गर्दा पाउनेगरी प्रचारात्मक अफर पनि सञ्चालन गरिरहेको छ ।  

भिभोटाइन फोटोग्राफी कन्टेस्ट प्रेमील व्यक्तिहरुसँगको उत्सव तथा मनका भावनाहरु सकारात्मक रुपमा प्रस्तुत गर्नका लागि भन्दै बताउँदै सो ब्राण्डले यो अभियानले भिभो प्रयोगकर्ताका लागि फोटो खिचेर शेयर गर्दै आकर्षक पुरस्कार तथा नगद जित्ने ८ दिने उपभोक्तामुखी फोटोग्राफीको अवसर अगाडि सारिएको जानकारी दिएको छ ।

सबै सहभागीका तस्बिरहरु उपलब्ध भइसकेपछि भिभोले सबैभन्दा धेरै पोस्ट लाइक, शेयर, कमेन्ट तथा फोटोको सुन्दरताका आधारमा प्रत्येकलाई ३० हजार रुपियाँ बराबरको साउण्ड कोर रेभ पार्टी कास्ट स्पीकर प्रदान गर्नेगरी उत्कृष्ट पाँच विजेताहरु चयन गरिनेछ । 

अत्यधिक फ्यान बेस भएका चर्चित नेपाली नायक, मोडल तथा चलचित्र निर्माता प्रदीप खड्काले भिभोको साथमा कम्पनीको फेसबुक पेजमा यो अभियानको अनावरण गर्नेछन्।

यो प्रतियोगितामा सहभागी हुनका लागि फोटोग्राफीका शौखिनहरुले परिवार, साथीभाई, घरपालुवा जनावर, स्थान, स्मारक तथा आफूलाई मन पर्ने कुनै पनि विधाको उत्कृष्ट फोटो खिचेर ह्याशट्यागः भिभोटाइनडे, भिभोमोमन्ट्स, भिभोनेपाल लेख्नुपर्नेछ।

अर्को प्रचारात्मक अफरमा भिभोले उपभोक्तालाई भिभो स्टोरहरुबाट भी सिरिजका स्मार्टफोन किन्दा दुई हजार रुपियाँको डिस्काउन्ट भाउचर उपलब्ध गराउने जनाइएको छ । यस भौचरलाई अर्कोपटक भी सिरिजको फोन किन्दा प्रयोग गर्न सकिनेछ । डिस्काउन्ट भाउचर आगामी फेब्रुअरी २८ सम्म मान्य हुने ब्राण्डको भनाई छ । 

पचास जना विजेताले भिभोको टीडब्लूएस २ई इयरबड तथा तनिसय विजेताले लक्की ड्रमार्फत् स्मार्टफोन माउन्टिङ जित्न सक्नेछन्। यो अफर ६ देखि १४ फेब्रुअरीसम्म भिभो स्टोरहरुबाट भिभो स्मार्टफोन खरिद गर्दा लागू हुनेछ।

कन्टेस्ट घोषणाको पोस्टर फेब्रुअरी ६ मा भिभोको आधिकारिक सामाजिक सञ्जाल पेजहरु तथा व्यक्तिगत रुपमा भियो स्मार्टफोन यूजरहरुलाई शेयर गरिने जनाउँदै भिभो नेपालले उनीहरुलाई फोटो खिचेर आफना फेसबुक टाइमलाइनमा भिभोको वाटरमार्कसहित क्लिक र शेयर गर्न साथै आफ्ना पोस्टका लिंक भिभोको आधिकारिक पेजमा रहेको कन्टेस्ट घोषणाको पोस्टरको मुनिपट्टिको कमेन्ट सेक्सनमा शेयर गर्न आग्रह गरिनेछ ।

सहभागीहरुले फोटोको व्याख्या तथा महत्वमा क्याप्शन पनि अनिवार्य रुपमा समावेश गर्नुपर्ने जनाइएको छ । साथै, आफ्ना पोस्टमा भिभो नेपाललाई पनि ट्याग गर्नुपर्नेछ । कन्टेस्टका लागि योग्य हुन सहभागीहरुले भिभो नेपाललाई फलो गर्नुपर्नेछ । भिभोका वाई, भी तथा एस सिरिजका फोनहरुमात्र प्रयोग गर्नुपर्नेछ । यो घोषणाको नतिजा तथा विजेता फेब्रुअरी १५ मा सार्वजनिक गरिने जनायएको छ । 

कन्टेस्टका बारेमा भिभो नेपालका ब्राण्ड म्यानेजर पियुष गिरीले भने, ‘हामी सधैं सर्वोच्च उपभोक्ता अनुभवमा विश्वास गछौं । हामी भिभोमा प्राविधिक इनोभेसन, अत्याधुनिक डिजाइन, आकर्षकअफर तथा कन्टेस्टका माध्यमबाट हाम्रा प्रिय ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्न लागिपरेका छौं । यो ब्राण्डले सधैं उपभोक्ताको मागलाई प्राथमिकतामा राख्ने गरेको छ भने नेपालमा ‘भिभोटाइन फोटोग्राफी कन्टेस्ट’ घोषणा गर्न पाउँदा रोमाञ्चित अनुभव भइरहेको छ ।’

Advertisement