यति ग्रुपका अध्यक्ष लाक्पा सोनाम शेर्पाले गरे अकोनकागुवा हिमालको सफल आरोहण

Advertisement

काठमाडौं । यति ग्रुपका अध्यक्ष लाक्पा सोनाम शेर्पाले अर्जेन्टिनाको अग्लो हिमाल अकोनकागुवा (६,९६२ मिटर)को सफल आरोहण गरेका छन् । थामसेरखु टे«किङको पनि अध्यक्ष रहेका उनले यही गएको जनवरी २४ तारिख बिहान ११ः३० मा उक्त हिमालको सफल आरोहण गरेका हुन् । 

शेर्पाले विश्वका सात महाद्वीपका सात सर्वोच्च शिखरहरुमध्ये सगरमाथाबाहेक अन्य सबै हिमाल आरोहण गरिसकेका छन् । कीर्तिमानी आरोही मिङ्मा डेविड शेर्पाले यति ग्रुपका अध्यक्ष अकोनकागुवा आरोहण गर्न सफल भएको जानकारी दिए । 

Advertisement

लाक्पा सोनाम शेर्पाले अर्जेन्टिनाको अग्लो हिमाल (६,९६२ मिटर) अकोनकागुवा र अफ्रिकाको (५,८९५ मिटर) अग्लो माउन्ट किलिमन्जारो र यूरोपको (५,६४२ मिटर) अग्लो माउन्ट एल्ब्रस, अन्टार्कटिकाको सबैभन्दा अग्लो विन्सन हिमाल (४,८९२ मिटर), इन्डोनेशियाको अग्लो (४,८८४ मिटर) कास्र्टेन पिरामिड लगायतका हिमालहरु चढिसकेका छन् । यससँगै उनले माउन्ट ऐभेरेस्ट (सगरमाथा) मात्र आरोहण गर्न बाँकी रहेको मिङ्मा डेविड शेर्पाले बताए । 

लाक्पा सोनाम शेर्पा नेपालको पर्यटन क्षेत्रमा सफल र ठूलो उद्यमीका रूपमा चिनिन्छन् । उनका व्यवसायिक संस्थाहरूले धेरै पुरस्कारहरू पनि पाइसकेको छ । लाक्पा सोनाम शेर्पा व्यवसायमा मात्रै नभएर हिमालय आरोहणमा पनि उत्तिकै रुची राख्ने र यसको संरक्षण तथा विकासमा ध्यान दिने व्यवसायी हुन् । 

Advertisement