शिवम् सिमेन्टका कार्यकारी अध्यक्ष गोयललाई विद्यावारिधि उपाधि

Advertisement

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयललाई विद्यावारिधि उपाधि प्राप्त भएको छ । उनलाई युरोपियन इन्टरनेशनल युनिभर्सिटि, पेरिसबाट ‘प्रोफेशनल डक्टरियल सर्टिफिकेट इन विजनेश म्यानेजमेन्ट विषयमा यो उपाधि प्राप्त भएको हो । 

गोयलको कुशल व्यवस्थापन र उनले व्यवसायीक क्षेत्रमा पु¥याएको योगदानको सम्मान गर्दै शुक्रबार थाइल्याण्डमा आयोजित कार्यक्रममा विद्यापारिधि उपाधिको प्रमाणपत्र प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ । 

Advertisement

गोयल स्थापनाकालदेखि नै शिवम् सिमेन्टमा आबद्ध रही यसलाई छोटो समयमा ग्राहकमाझ लोकप्रिय ब्राण्ड बनाउन सफल भएका व्यवसायी हुन् । उनको कुशल व्यवस्थापन र कार्यदक्षताका कारणले गर्दा नै शिवम् सिमेन्ट नेपालको उत्कृष्ट एवम् गुणस्तरीय ब्राण्ड बन्नुकासाथै सर्वसाधारणमा शेयर निस्काशन गरी उच्च प्रतिफल दिने नेपालकै पहिलो कम्पनी बन्न सफल भएको शिवम् सिमेन्ट लिमिटेडले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । 
 

Advertisement