बुढानीलकण्ठको हात्तिगौंडामा डिशहोम फाइवरनेटको सह–वितरण शोरुम

Advertisement

काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले बुढानीलकण्ठको हात्तिगौडामा पनि सह–वितरण शोरुम सञ्चालनमा ल्याएको छ । 

सीएम टे्रडिङअन्तर्गत रहेको लक्की ग्यालरीले आइतबारदेखि डिशहोम फाइवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरेको हो । शोरुम उद्घाटनमा डिशहोमका क्षेत्रीय बिक्री प्रबन्धक उज्जवल न्यौपाने, सेल्स अफिसर मदन सापकोटा, सागर नारायण जोशी, र्माेकेटिङ अफिसर अनिल ठाकुर र  सीएम टे्रडिङका गोपालमान श्रेष्ठ, सेल्स अफिसर प्रकाश श्रेष्ठ र बिक्रम लामा सहभागी थिए । 

Advertisement

लक्की ग्यालरीले विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएकोले अब डिशहोम फाइवरनेट बिक्री र बिक्रीपछिको सेवा पनि गर्ने जनाइएको छ । लक्की ग्यालरीले एक हजारभन्दा धेरै डिशहोम फाइवरनेटका ग्राहकलाई सेवा उपलब्ध गराइसकेको कम्पनीको भनाई छ । 

Advertisement