कांग्रेसनिकट उमेशप्रसाद थानी नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्त

Advertisement

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नेपाली कांग्रेसनिकट उमेशकुमार थानी नियुक्त भएका छन् । वीरेन्द्रनगर सुर्खेतका उनी यसअघि नेपाल विद्युत प्राधिकरणमा कांग्रेस कोटाबाट सञ्चालक नियुक्त भएका थिए भने त्यसअघि इन्जिनियरिङ काउन्सिलको रजिष्ट्रार थिए । 

डेमोक्राटिक इन्जिनियर्स एशोसियशनका अध्यक्षसमेत रहेका उनलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निगमको कार्यकारी निर्देशक नियुक्त गरेको हो । उनलाई सिफारिस समितिले तेस्रो नम्बरमा सिफारिस गरेको थियो । 

Advertisement

छनोट समितिले चण्डिका भट्ट, जीवनप्रकाश सिटौला र थानीको नाम सिफारिस गरेको थियो । तीनै जना कांग्रेससँग निकट गरे पनि थानी नियुक्त भएका हुन् । भट्ट यसअघि पनि निगमको कार्यकारी निर्देशक थिए भने सिटौली कृषि विकास बैंकको सीईओ थिए । निगमको कार्यकारी निर्देशकका लागि १६ जनाले आवेदन दिएका थिए । 

Advertisement