पल शाहमाथि अनुसन्धानका लागि पुनः म्याद थप

Advertisement

काठमाडौं । अट्ठार बर्षभन्दा कम उमेरकी एक गायिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई अनुसन्धानका लागि भन्दै पुनः जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरिएको छ ।

अनुसन्धान पूरा नभएको भन्दै तनहुँ प्रहरीले म्याद थप गरेको हो । मतियारको भूमिका निर्वाह गरेको भन्दै गत शुक्रबार पक्राउ परेका पल शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई पनि अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । 

Advertisement

प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार दुवै जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा राखेर थप अनुसन्धान कार्य अगाडि बढाइएको छ । नाबालिगलाई जबर्जस्ती करणीको आरोपमा शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा जाहेरी दर्ता भएको थियो । 

जाहेरी परेपछि पल शाह आफै तनहुँ प्रहरीको सम्पर्कमा पुगेका थिए । अनुसन्धानका लागि भन्दै प्रहरीले म्याद थप गर्दै उनलाई हिरासतमा राख्दै आएको छ । साथै, आफूविरुद्ध गैंडाकोटमा परेको अर्को जबर्जस्ती करणीको जाहेरीमा अनुसन्धानका गत फागुन २४ गते शाहलाई नवलपरासी लगेर पुनः तनहुँ ल्याइएको थियो । दुवैतर्फ मुद्दा हाल्ने एउटै भएको प्रहरीको भनाई छ । 

जाहेरीवाला र शाहबीच सहमतिमै यौन सम्वन्ध भए पनि उनीहरुबीच कुरा नमिलेपछि जोहरी दर्ता भएको थियो । पल शाह प्रकरणलाई लिएर अहिले सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस भइरहेको छ । 

Advertisement