व्यवसायी नारायण बजाजलाई शैक्षिक क्षेत्रमा पुर्याएको योगदानवापत अन्तर्राष्ट्रिय अवार्ड

Advertisement

काठमाडौं । लामो समयदेखि शिक्षा क्षेत्रमा लाग्दै आएका चाटर्ड एकाउन्टेन्ट नारायण बजाजलाई शैक्षिक क्षेत्रमा पुर्याएको योगदानवापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त भएको छ । उनी नेपाल चार्टर्ड एकाउन्टेन्ट संंस्थाका पहिलो अध्यक्षसमेत हुन् ।  
 
शिक्षासम्वन्धी दुवईमा आयोजित सम्मेलनमा बिहीबार बजाजलाई ‘एजुकेशन २.० आउटस्ट्याण्डिङ लिडरसिप अवार्ड’ प्राप्त भएको हो । ग्लोबल रिच नेपालका कार्यकारी निर्देशकसमेत रहेका बजाजको शिक्षा, क्यारियल काउन्स्लिङ तथा लेखा व्यवसायमा चार दशकभन्दा लामो अनुभव र योगदान छ ।  

सम्मेलनमा शिक्षा क्षेत्रमा योगदान दिने दुई दर्जनभन्दा बढीलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो । हरेक दुई–दुई बर्षमा हुने ‘एजुकेशन २.० कन्फेरेन्स’मा यस पटक झण्डै ५० देशका करिव तीन सय प्रतिनिधि सहभागी थिए । 

Advertisement

इन्टरकन्टिनेन्टल होटल एण्ड रिसोर्टको आयोजनामा हुने यस सम्मेलनमा उत्कृष्टहरुको छनौटका लागि जुरी (निर्णायक मण्डल) बनाइएको हुन्छ । आयोजकले चार महिनाअघि देखि नै आवेदनहरुबाट विवरण माग गरेर जुरीलाई दिने र जुरीले उनीहरुको अन्तरवार्ता लिने, योगदान र अनुभव हेर्नेलगायतका प्रक्रिया पूरा गरेपछि विभिन्न विधामा पुरस्कारका लागि उत्कृष्टहरु छनौट गर्छ । छनौट भएकाहरुलाई सम्मेलनमा पुरस्कृत गरिन्छ । 

यस किसिमको अवार्ड पाउने बजाज नेपालबाट पहिलो हुन । उनले आफू चाटर्ड एकाउन्टेन्ट तथा विद्यार्थीहरुको क्यारियर काउन्स्लिङमा विगत ४० बर्षदेखि क्रियाशील रहेको नाताले यो अवार्ड पाउनु आफ्नो लागि गर्वका विषय भएको प्रतिक्रिया दिएका छन् । बजाज निजी क्षेत्रसँग सम्वन्धित राष्ट्रिय तथा द्धिर्राष्ट्रिय संघसंस्थामा पनि आवद्ध छन् । 

Advertisement