चीनले नेपाललाई हस्तान्तरण गर्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नौ बुँदे समझदारी

Advertisement

काठमाडौं । चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिबार चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् । नेपाल भ्रमणमा रहेका उनले परराष्ट्रमन्त्री नारायण खड्कालाईविमानस्थलको साँचो हस्तान्तरण गरे । त्यस क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी थिए ।

निर्माणको अन्तिम चरणमा रहेको सो विमानस्थल सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्न र क्षेत्रीय उडानहरुमार्mत पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने आशा गरिएको छ । 

Advertisement

तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ कै उपस्थितिमा नेपालसँग दुई देशबीच नौ बुँदे समझदारी भएको छ । परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीको उपस्थितिमा परराष्ट्र मन्त्रालयमा यो समझदारी भएको हो । समझदारीअघि दुवै देशका अधिकारीहरुबीच छलफल भएको थियो । 

चिनियाँ विदेशमन्त्री वाङ यीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरे । शुक्रबार नेपाल आएका उनी आइतबार स्वदेश फर्किनेछन् ।

चीनसँग भएको समझदारीः
१. आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी

२. नेपालमा चीन –नेपाल अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना

३. नेपाल–चीन पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौता

४. सुरक्षित रुपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारी

५. चीनमा आयातित ९८ प्रतिशत वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमयपत्र

६. अरनिको राजमार्ग (तेस्रो चरण) मर्मतसम्भार परियोजना हस्तान्तरणको प्रमाणपत्र

७. रेलवे क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी सातौं बैठकको दस्तावेज

८. कोभिड–१९ चीन सहायताअन्तर्गत नेपाललाई (पाँचौं र छैटौं खेपमा ४० लाख सिनोभ्याक खोप) खोप आपूर्ति र स्वीकृतिको प्रमाणपत्र

९. चितवनस्थित विपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धी समझदारी

Advertisement

Advertisement