‘शाओमी १२ प्रो’को लागि प्रि–बुकिङ खुल्ला, मूल्य एक लाख १५ हजार

Advertisement

काठमाडौँ । विश्व प्रविधिको एक अगुवा शाओमीले आफ्नो ‘शाओमी १२’ सिरिजमध्ये ‘शाओमी १२ प्रो’को प्रि–बुकिङ खुल्ला गरेको छ । प्रि–बुकिङ चैत्र ११ बाट चैत्र १५ सम्म खुल्ला हुनेछ ।

प्रि–अर्डरमा ‘शाओमी १२ प्रो’ विशेष अफरसहित उपलब्ध छ । उपभोक्ताहरुले यो फोन किन्दा पाँच हजार रुपियाँको क्यासब्याक तुरुन्तै पाउनुको साथै मी नेकब्यन्दा ब्लुथूठ इयरफोन प्रो अथवा मी पोर्टेबल ब्लुटुथ स्पिकर सित्तैमा पाउन सक्नेछन् । शाओमी १२ प्रो बैजनी र नीलो रङमा १२ जिबी प्लस २५६ जिबीमा एक लाख १४ हजार ९९९ मा उपलब्ध छ ।

Advertisement

यो फोनमा २०२२ को फ्ल्यागशिप डिभाइसमा हुनुपर्ने सबै नवीनतम र उत्कृष्ट विशेषताहरू रहेको सो ब्राण्डले जनाएको छ । सबैभन्दा छिटो चार्ज हुने ‘शाओमी १२ प्रो’ मात्रै नेपालमा त्यस्तो हो जसमा १२० वाटको फास्ट चार्जिङ गर्नुका साथै फोन १८ मिनेटमै फुल चार्ज हुन्छ । 

Advertisement