महुली लघुवित्तले ४५ हजार कित्ता शेयर बिक्री गर्दै

Advertisement

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ४४ हजार ९१३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

कम्पनीले संस्थापक शेयरधनी प्रिजम कलर स्क्यानिङ एन्ड प्रेस सपोर्ट प्रालिको नाममा रहेको ४१ हजार २७ कित्ता र शालिकराम बेलबासेको नाममा रहेको तीन हजार ८८६ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले आवेदन दिन पाउनेछन् । 

इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र सप्तरीको महुलीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको शेयर विवरणसहित आवेदन दिनुपर्नेछ । 

शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट आवेदन नपरे सो शेयर अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री गरिने पनि कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement