विनोद चौधरीको सम्पत्ति बढेर डेढ अर्ब अमेरिकी डलर पुग्यो

Advertisement

काठमाडौं । फोबर्समा सुचीकृत नेपालका एकमात्रै धनाड्य विनोद चौधरीको सम्पत्तिमा वृद्धि भएसँगै विश्वका अर्बपतिहरुको सुचीमा १९२९ नम्बरमा पर्न सफल भएका छन् । 

गए राति सार्वजनिक नयाँ सूचीमा सन् २०२२ मा उनको सम्पत्ति बढेर डेढ अर्ब डलर पुगेको फोब्सले जनाएको छ । विदेशमा समेत ठूलो लगानी गर्न सफल भएका चौधरी समूहका अध्यक्ष विनोद चौधरीको नेपालमा दर्जनौं उद्योग तथा व्यापार कम्पनीहरु छन् । 

Advertisement

सिजी कर्पोरेट ग्लोबल, नेबिल बैंक, सीजी फुड्समा लगानी गरेका चौधरीले उत्पादन गर्ने वाईवाई ब्राण्डको चाउचाउ धेरै मुलुकमा उत्पादन तथा बिक्री हुन्छ । थप मुलुकहरुमा पनि यसको उत्पादनको तयारी भइरहेको चौधरी समूहले बताउँदै आएका छ । 

सिजी फाउण्डेशनमार्फत सामाजिक सेवाका क्षेत्रमा पनि काम गर्दै आएको चौधरी समूहले होटल तथा रिसोर्टमा पनि लगानी गरेको छ भने नेपाल टेलिकममा पनि ठूलो लगानी गर्ने प्रयास गर्दै आएको छ । 

दक्षिण एसियामा भारतबाहेक चौधरी एकमात्रै अर्बपति रहेको चौधरी समूहको भनाई छ । सुचीमा श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिप्स र अफगानिस्तानका कुनै पनि व्यवसायी अर्बपतिको सुचीमा परेका छैनन् । 

यसअघि एक अर्ब ४० करोड डलर मात्रै सम्पत्ति रहेका उनले यस पटक राम्रो वृद्धि गर्न सकेका हुन् । चौधरी २०१३ देखि अर्बपतिहरुको सुचीमा निरन्तर रहँदै आएका छन् । 

भारत विश्वका धेरै अर्वपति रहेको मुलुकहरुमध्ये तेस्रो भएको छ । भारतमा १६६ अर्वपति रहेका छन् भने अर्को छिमिकी चीनमा  ५३९ अर्वपति रहेका छन् । सुचीको सबैभन्दा माथी रहेको अमेरिकामा अर्वपतिहरुको संख्या ७३५ रहेको छ ।
कुल २९०.३ अर्ब डलर सम्पत्ती रहेका एलन मस्क यस वर्ष पनि विश्वको सर्वाधिक धनी व्यक्ति भएका छन् । यस्तै दोस्रो धनी जेफ बेसोजको सम्पत्ति १८९.८ रहेको छ भने बर्नाड र बिल गेट्स क्रमशः तेस्रो र चौथो धनी रहेका छन् । भारतका गौतम अदानी र मुकेश अम्बानी पहिलो दशको सचीमा रहेका छन् । अदानी नवौं र अम्बानी दशौं नम्बरमा छन् । 

Advertisement

Advertisement