पेट्रोलको मूल्य हाम्रो कारणले बढेको होइन्ः मन्त्री कार्की, विद्युतीय सामान प्रयोग गर्न सुझाव

Advertisement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको कारणले नभई अन्तर्राष्ट्रिय परिस्थितिका कारण बढेको बताएका छन् । 

बुधवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारको कारणले नभई अन्तर्राष्ट्रिय बजारको मापदण्डअनुसार वृद्धि भएको भन्दै नेपालमा उर्जाको उत्पादन बढिरहेकोले अबका दिनमा बिजुलीबाट चल्ने सवारीसाधन र भान्सामा पनि विद्युतीय सामग्रीको प्रयोग बढाउन सुझाव दिए । 

Advertisement

आगामी दिनमा उर्जालाई प्रमुख प्राथमिकतामा राखेर दैनिक उपभोग्य कुराहरु पेट्रोलियम पदार्थ, भान्सामा प्रयोग हुने ग्यासलाई बिस्थापन गरेर सुन्दर र सफा मुलुकको रुपमा विकास गर्ने लक्ष्य रहेको कार्कीले बताए । 

उनले भने, हामी जलस्रोतको दोस्रो धनी देश हौँ । र अहिले जुन किसिमले उर्जाको उत्पादन भइरहेको छ, यसलाई सदुपयोग गरेर हामीले चाँडै नै बिजुलीबाट चल्ने गाडीहरु र हाम्रो भान्सामा पनि बिजुलीलाई प्राथमिकता दिएर अघि बढ्ने सरकारको नीति छ । हिजोको नीति कार्यक्रमलाई एकपटक पल्टाएर हेर्ने हो भने पनि त्यहाँ स्पष्ट बोलिएको छ । हामी आगामी दिनमा उर्जालाई प्रमुख प्राथमिकतामा राखेर दैनिक उपभोग्य कुराहरु पेट्रोलियम पदार्थ, भान्सामा प्रयोग हुने ग्यासलाई बिस्थापन गरेर सुन्दर र सफा मुलुकको रुपमा विकास गर्नेछौँ ।’ 

Advertisement

Advertisement