ओलीले देउवालाई सोधे– बीआरआईबारे सरकारको नीति के हो ? जिब्रो नचपाई भन्नुपर्‍यो

Advertisement

काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी ओलीले चिनिया परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)मा सरकारको नीति के हो ? भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।

बिहीबार संसदमा बोल्दै ओलीले बीआरआईबाट प्राप्त हुने सहयोग लिने कि नलिने भनी देउवालाई प्रश्न गरेका हुन् । उनले भने, ‘अनेक कुराहरुको चर्चा छ (नीति तथा कार्यक्रममा), यहाँ बीआरआईको किन छैन ? बीआरआईबाट प्राप्त हुने सहयोग,  ऋण के हो ? त्यो चीज हामी लिन्छौं कि लिँदैनौं, अहिलेको सरकारले जिब्रो नचपाई भन्नुपर्‍यो बीआरआई सम्बन्धी हाम्रो नीति के हो ?’

Advertisement

ऋण तथा अनुदान दिने कुरामा कुन देशको लिने र कुन देशको नलिने भन्ने सरकारको नीति के हो भन्दै उनले नेपालको विदेश नीति राष्ट्रिय स्वार्थमा नभई सत्ता स्वार्थमा चलिरहेको बताए । ओलीले थपे, ‘हाम्रो फरेन पोलिसी ज्युँदै छ कि मर्‍यो ? हाम्रो फरेन पोलिसी यथावत छ कि घाइते भयो ? हाम्रो फरेन पोलिसी हिजोको न्युट्रालिटीमा छ कि छैन ? हाम्रो फरेन पोलिसी सत्ता स्वार्थ हो कि राष्ट्र स्वार्थमा चलिराखेको छ ? यो कुरा सम्माननीय प्रधनमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु स्पष्ट गरियोस्’ उनले भने ।

Advertisement

Advertisement