आजबाट कनेक्ट आईपीएसको ‘इलेक्ट्रिफाइङ अफर’

Advertisement

काठमाडौं । कनेक्ट आईपीएसले बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई प्रणालीमा  आबद्ध हुन ‘इलेक्ट्रिफाइङ अफर’ ल्याएको छ । यो अफर आज बुधबारदेखि लागू हुनेछ । 

असार १ गतेबाट सुरु यो योजना असार ३२ गतेसम्म कायम रहने छ । बैंक वित्तीय संस्थाका ग्राहकहरुले कनेक्ट आईपीएसमा अनलाइन रजिष्टर गरी, आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बर तथा इमेल भेरिफाई गराउँदा सोही मोबाइल नम्बरमा रु. ५० को रिचार्ज पाउन सकिने छ । 

Advertisement

अफरको अन्त्यमा विद्युतीय स्कुटर जित्ने एक जना भाग्यशाली विजेताको घोषणा गरिने नेपाल क्लियरिङ हाउसले जनाएको छ । बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसको वेभसाइट वा यसको मोबाइल एपमार्फत रजिष्टर गर्न सक्दछन् । यो अफर कनेक्ट आईपीएसमा नयाँ रजिष्ट्रेसन गर्ने बैंक वित्तीय संस्थाका ग्राहकका लागि मात्र लागू हुने कम्पनीको भनाई छ । 

सोझै बैंक खाताबाट फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानी गर्न सकिने गरी बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई उपलब्ध रहेको कनेक्ट आईपीएस एक भन्दा बढी बैंक खाता लिङ्क गर्न सकिने प्ल्याट्फर्म हो । यसले दैनिक औसत १० अर्ब आठ करोड बराबरको भुक्तानी कारोबार फर्छ्यौट गर्ने गर्छ 

Advertisement

Advertisement