ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाई आजबाट बिक्री खुल्ला, आकर्षक प्रतिफलको सुनिश्चितता

Advertisement

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज (बुधबार)देखि ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिइकाई १० रुपियाँ अंकित दरमा एक अर्ब २० करोड रुपियाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको यो एक बन्दमुखी योजना हो।

निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशतमध्ये १.५० प्रतिशत वा १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटललाई र बाँकी १३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। 

Advertisement

उक्त फण्डमा न्यूनतम सयदेखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ। ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा असार २६ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा साउन ४ गतेसम्म आवेदन म्याद थप गर्न सकिने कम्पनीले जनाएको छ।

दश वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेभ तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यसमा आकर्षक प्रतिफलको सुनिश्चितता रहेको कम्पनीले जनाएको छ । ग्लोबल आइएमई क्यापिटल ग्लोबल आइएमई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।

Advertisement

Advertisement