सिजी इलेक्ट्रोनिक्सलाई चुनौति दिनेगरी ‘बिग डिजिटल’ सुरु, देशभर विस्तार गर्ने योजना

Advertisement

काठमाडौं । घरायसी तथा इलेक्ट्रोनिक्स सामानहरुको मल्टिब्राण्ड शोरुम ‘बिग डिजिटल’ ललितपुरस्थित ग्वार्को चोकमा सञ्चालनमा आएको छ । 

नाम चलेका ९२ वटा ब्राण्डका सामानहरु एउटै छतमुनी खरीद गर्न सकिने फरक अवधारणाको शोरुम नेपालमा सुरु गरिएको हो । त्रिवेणी समूहले अघि बढाएको यो अवणालाई सुरुमा काठमाडौं उपत्यकाभित्र र पछि देशभर विस्तार गर्ने योजना बनाइएको छ । 

Advertisement

चौधरी समूहको सिजी इलेक्ट्रोनिक्सले यस किसिमका शोरुमहरु सञ्चालन तथा विस्तार गर्दै आएको बेला सिजी इलेक्ट्रोनिक्सलाई नै ओझेलमा पार्ने योजनाका साथ ‘बिग डिजिटल’ सुरु गरिएको हो । 

यी शोरुमहरुमा हरेक ब्राण्डका सामानहरु प्रदर्शन तथा बिक्रीका लागि छुट्टाछुट्टै खण्डहरु बनाइएको हुन्छ । ग्राहकले आफूले चाहिने सामान र ब्राण्डहरु सजिलै खोज्न, मूल्य थाहा पाउन सक्ने व्यवस्था गरिएको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विक्रमेश ओझाले ‘बिग डिजिटल’को अवधारणा एकै छतमुनी अधिकांश ब्राण्डका सामानहरु सजिलै प्राप्त गर्न सकियोस् भन्ने हो भने । उनले भने, ‘अहिलेको अवस्थामा ग्राहकलाई आफूलाई चाहिने सामान फरक फरक ठाउँमा गएर खोज्नुपर्छ । त्यो झन्झट नहोस भन्ने हाम्रो सोच हो ।’

नेपालमा उपलब्ध अधिकांश ब्राण्ड एकै ठाउँमा पाइने भयो भने ग्राहक धेरैतिर धाउनुपर्ने वा गुणस्तरीय सामानको लागि अन्योलमा पर्नुपर्ने अवस्था नरहने सीईओ ओझाको विश्वास छ । भारतमा लामो समय यस्ता घरायती तथा विद्युतीय सामानहरुको बिक्रीका क्षेत्रमा काम गरेर अनुभव हासिल गरेका उनले आफूहरु प्रारम्भिक चरणमा रहेकाले धेरै कुराहरु व्यवस्थित गर्दै बिक्री सञ्जाल बढाउँदै जाने बताए । 

‘बिग डिजिटल’मा विभिन्न ब्राण्डका ल्याबटपदेखि मोवाइल, म्युजिक सिस्टम तथा म्युजिक उपकरणहरु, विश्वबजारमा आएका आएका नयाँ प्रविधि तथा उपकरणहरु उपलब्ध छन् । यसमा अरु पनि ब्राण्डहरु थपिने क्रम जारी रहेको सीईओ ओझाले बताए । 

Advertisement

Advertisement