आज (साउन १०)को राशिफलः तपाईंको शेयर कारोबार, पेशा, व्यवसाय कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल साउन महिनाको १० गते मंगलबार, श्रावण कृष्णपक्षको त्रयोदशी तिथि ।

मेष 
प्रेममा सफलता मिल्ने छ । मेहनत र पराक्रमी स्वाभावमा बृद्धि हुँदा दृढता आउने छ । भाग्य साथ रहेकाले मेहनीपनामा बृद्धि हुने छ । प्रतिफल ढिला गरि आउँदा मनमा भने केही हतासा आउने छ । मनमा दुविधाका मात्रा विद्यमान रहने हुँदा निर्णय क्षमतामा कमि ल्याउने छ । पेशागत जीवनमा निरन्तर यात्रा जारी राख्नका लागि केन्द्रीत रहनु नै ठिक हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

Advertisement

वृष 
परिवारमा सुमधुर वातावरण छाउने छ । आम्दानीमा हुने बृद्धि हुँदा परिवारमा खुशीयाली छाउने छ भने मनमा पनि सन्तोष मिल्ने छ । अरु विषयमा भने मन उदासिन रहने छ । साझेदारीमा गरिएका कामहरुमा समस्याहरु देखा पर्ने भएकाले संयमित रहनु होला । बौद्धिक स्तरमा बृद्धि हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

मिथुन 
बोलीको प्रभावमा तिब्र बृद्धि हुने छ । चतुर र दृढ खालको व्यक्तित्व हुने छ । कसैसँग नझुक्ने स्वाभाव हुने हुँदा जो कोहि पनि हच्कने छन् । प्रतिष्पर्धात्मक स्वाभाव हुने भएकाले शत्रु तथा प्रतिष्पर्धीहरुसँग जित हासिल हुने छ । आफ्ना प्रतिद्वन्दीसँग जुध्दा क्रुर स्वाभावमा पनि देखिने भएकाले यसबारेमा संयमित रहनु नै ठिक होला । शेयर बजारबाट भने लाभ मिल्ने छैन् ।

कर्कट
मित्रहरुको साथ मिल्ने छ । साथै परिवारका मानिसहरुले धेरै सहयोग गर्ने छन् । भाग्यको साथ रहेकाले कठिन परिस्थितिमा पनि दृढ रहेर अघि बढ्नका लागि मद्धत मिल्ने छ । आलोचना गर्नेहरुको क्रम धेरै देखिने भएकाले यसबारेमा सतर्क रही अघि बढ्नु होला । आफ्ना कुरा सकभर अरुलाई धेरै भन्ने भन्दा मनमा नै सीमित राख्दा ठिक हुने छ । शेयर बजार औसत खालको रहने छ ।

सिंह
निन्द्रामा समस्या आउँदा कार्यसम्पादनमा समेत नकारात्मक असर देखिने छ । मनमा सकारात्मक भन्दा नकारात्मक विचारका क्रम बढ्न जाने छ । जसले गर्दा मनोबलमा पनि कमि ल्याउने हुँदा नकारात्मक भन्दा सकारात्मक विषयलाई जोड दिनु होला । आम्दानीमा बृद्धि हुने छ भने लिइएका लक्ष्यहरु प्राप्तिमा प्रतिफलहरु प्राप्त हुने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । 

कन्या
यात्रामा कठिनाई भोग्नु पर्ने छ । बादबिबादमा फस्ने अवस्था आउने छ । पेशागत जीवनमा उतार चढाव आउने समय सक्रिय रहेकाले संयमित रहनु होला । धेरै प्रतिवादमा उत्रने भन्दा लचक प्रवृत्ति यस बेला उपयुक्त हुने देखिन्छ । मनमा खिन्नताको मात्रा बढ्न जाने भएकाले मन नियन्त्रणमा ध्यान दिनु होला । आत्मबलमा कमि आउने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । 

तुला 
बाहनजन्य विषयमा सुख मिल्ने छ । बाठोपनामा बृद्धि हुँदा चतुर स्वाभावमा बृद्धि हुने छ । नरम प्रकृतिको हाउभाउले गर्दा अरु सबैले मन पराउने छन् । आम्दानीमा केही बृद्धि हुने हुँदा परिवारमा खुशी ल्याउने छ । तर पेशागत जीवनमा केही कठिनाईहरुको सामना गर्नु पर्ने भएकाले संयमित रहनु नै उपयुक्त हुने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।

वृश्चिक
अनावश्यक बादबिबादमा फस्न पुगिने छ । आफ्नो लक्ष्यप्रति स्पष्ट हुने दृढता आउने छ । लक्ष्य प्राप्तिमा अठोटले लाग्ने र आम्दानीमा बृद्धि गर्नु पर्दछ भन्ने सोच मनमा तिब्र आउने छ । बोली प्रभावकारी बन्ने छ । पेशागत जीवनबाट सन्तोष प्राप्त हुने छ भने आफूले निभाएको कामको कदर हुँदा मनमा खुशी छाउने छ । शेयर बजारबाट आंशिक फाइदा मिल्ने छ ।

धनु
मानिसहरुको विश्वास सहजै प्राप्त हुने छ । परिवारका मानिसहरुको साथले पेशागत जीवन र आम्दानीमा बढोत्तरी हुने छ । दाम्पत्य जीवनमा सुखको परिस्थिति आउने छ । तर सन्तान सुखमा भने कमि आउने भएकाले मनमा पीर पर्ने छ । साझेदारीमा गरिएका कार्यहरुबाट सन्तोष मिल्ने छ र आम्दानीमा पनि बृद्धि गर्न मद्धत पुग्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

मकर 
परिवारका मानिसहरुले विश्वास गर्ने छन् र साथ दिने छन् । दृढ खालको मनोबल हुने छ । पेशागत जीवनमा संयमित भएर पाइला चाल्नु पर्ने देखिन्छ । रिस नियन्त्रणमा ध्यान नदिए पेशागत जीवनमा द्वन्दबाट परिस्थिति गुज्रने छ । लक्ष्य अनुसार आम्दानी हुन कठिनाई हुने हुँदा त्यसले मनमा दबाब सृजना गर्ने भएकाले निरन्तर प्रयास गर्नु नै उत्तम हुने देखिन्छ । शेयर बजारबाट फाइदा हुने छैन् ।

कुम्भ 
रिस धेरै उठ्ने हुँदा अरुलाई दबाउने स्वाभाव बढ्ने छ । दृढ खालको व्यक्तित्व हुने हुँदा कसैले पनि हेप्न भने सक्ने छैनन् । बोली अलि कडा शैलीको हुने हुँदा अरुको चित्त छिट्टै दुख्ने भएकाले संयमित रहनु होला । आँटेका कुरा पुरा गर्ने खालको सहस मनमा आउने छ । पेशागत जीवनमा उन्नति प्रगतिका प्रतिफल मिल्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

मीन
कार्यालयका बोससँग असमझदारी उत्पन्न हुँदाहुँदै पनि पेशागत जीवन औसत रहने छ । राखिएका सपना तथा लक्ष्यहरु अपेक्षा गरिए अनुरुप प्राप्त गर्न कठिन हुने देखिन्छ । कडा शैलीको बोली र ब्यक्तित्व हुने भएकाले त्यसबारेमा संयमित रहनु होला । दाम्पत्य जीवनमा मधुरताको अभाव हुने छ । बोलीमा निरन्तरताको क्रम भंगता देखिने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement