प्रभु बैंकका ग्राहकलाई समर्पण हेल्थ केयरमा २० प्रतिशतसम्म छुट

Advertisement

काठमाडौँ । प्रभु बैंक र समर्पण हेल्थ केयर सेन्टरबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

उक्त सम्झौता पत्रका बैंकका डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला र समर्पण हेल्थ केयरका प्रमुख कार्यकारी अधिकृत अविसेक राजथलाले हस्ताक्षर गरेका छन् । 

Advertisement

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहकहरुले समर्पण हेल्थ केयर सेन्टरद्धारा सञ्चालित प्रयोगशाला परिक्षण९रगत, दिसा, पिसाब, खकार० सेवामा २० प्रतिशत छुट प्राप्त हुने व्यवस्था गरिएको छ । 

फार्मेसी, ऐस्थेटिक, इ.सी.जी, रेडियोलोजी ९यु.एस्.जी तथा ई.सी.ओ० सेवामा १० प्रतिशत छुट हुने भएको छ । यसका साथै रु २००० भन्दा बढीको औषधी खरीद गनर्,े समर्पण हेल्थ केयर सेन्टर देखि २ कि. मि.को दुरी भित्र रहनुहुने ग्राहक महानुभावहरुलाई होम डेलिभरीको व्यवस्था गरिएको छ । 

सुविधा लिन चाहने ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हेल्थ केयर सेन्टरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Advertisement

Advertisement