गुराँस लाइफद्वारा ५२ लाख ५५ हजार मृत्यु दाबी भुक्तानी

Advertisement

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले झापा भद्रपुर नगरपालिका वडा नं. ८ का बीमित सुदेश राईको परिवारलाई ५२ लाख ५५ हजार मृत्यु दाबी भुक्तानी गरेको छ । मृतक सुदेश राईले भद्रपुुरका अभिकर्ता अमित शर्मा मार्फत ५० लाखको बार्षिक नगद फिर्ता जीवन बीमा गराएका थिए ।

कम्पनीले राईकी पत्नीरुबिना तामाङ्गलाई बिमाङ्क र बोनस सहित ५२ लाख ५५ हजार गुराँस क्षेत्रीय कार्यलय बिर्तामोडल भदौ १२ गते भद्रपुर नपा वडा नं. ८ को कार्यलयमा एक समारोहका बीच भुक्तानी गरेको हो । 

Advertisement

कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, उप–मेयर राधा कार्की तथा कम्पनीका मुख्य प्रबन्धक गिरधर श्रेष्ठले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् । उक्त दाबी भुक्तानी कार्यक्रममा बोल्दै वडाध्यक्ष गौरव सुब्बाले यो भन्दा अघि पनि गुराँस लाइफले छिटो छरितो दाबी भुक्तानी गरेको र कम्पनी प्रति आफ्नो विश्वास झनै बढेको बताए । 

कम्पनी सहायक प्रबन्धक राजकुमार सिजापति, काँकरभिट्टा प्रमुख अस्मिता लिम्बु, भद्रपुर अण्डराइटर देवी श्रेष्ठ, सिनियर एजेन्सी मेनेजर रिता कार्की, भवानी खड्का, निशा फुयाल तथा अभिकर्ता, स्थानिय व्यक्ति पत्रकार तथा बुद्घिजीवीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । 

कार्यक्रम क्षेत्रीय कार्यालयका जुनियर अफिसर अखिलेश्वर बोहराले संचालन गरेका थिए भने कार्यक्रम संयोजन काँकरभिट्टाका पूर्व शाखा प्रमुख यामबहादुर बुढाथोकीले गरेका थिए । 
 

Advertisement

Advertisement