भुवन केसी बोर्डको अध्यक्ष भएपछि दाहालले सम्हाले ‘सुपर डान्सर नेपाल’को निर्देशकको जिम्मेवारी

Advertisement

काठमाडौँ । भारतको चर्चित टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’को आधिकारिक नेपाली भर्सन ‘सुपर डान्सर नेपाल’ अब चाँडै प्रसारण हुँदैछ । सोनी टिभी इण्डियाको फेन्चाइज यो शो ‘सुपर डान्सर नेपाल’को फिजिकल र डिजिटल गरी दुई चरणमा अडिसन सम्पन्न भईसकेको छ । जसमा नेपालभरबाट आएका थुप्रै प्रतिभाहरुको सहभागिता रह्यो, केहि उत्कृष्ठ डान्सरहरु अर्को चरणमा छानिन समेत सफल भएका छन् । 

यसैबीच ‘सुपर डान्सर नेपाल’का सुपर जज मध्येका एक सुपर जज अभिनेता भुवन केसी चलचित्र बिकास बोर्डको अध्यक्षमा नियुक्त भएपछि अधिकारिक निर्माण इजाजत प्राप्त कम्पनी एडी रिलिजको तर्फबाट बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरियो । 

Advertisement

गत बुधबार राजधानीमा आयोजित विशेष समारोहमा शो का सुपर जज केसीलाई सम्मान गर्नुका साथै केक काटेर खुशी साटियो । साथै कार्यक्रममा ‘सुपर डान्सर नेपाल’को निर्देशकमा चर्चित टेलिभिजनकर्मी तथा निर्देशक भुषण दाहाल रहने जानकारी दिइयो । निर्देशक दाहालले शो को एक्सन कट मात्र नभई आफुले शो मा रहेका हरेक विधाका साथीहरुको एउटा संयोजकको रुपमा काम गर्ने बताए । 

‘सुपर डान्सर नेपाल’का प्रोजेक्ट हेड सशांक पोखरेलका अनुसार यो शोले अरु शो जस्तो प्रतिस्पर्ध मात्र नगराई बच्चाहरुलाई सिकाउने अनि बिकास समेत गराउने काम गर्ने जानकारी दिए । 

चार देखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा भुवन केसीसंगै अभिनेत्री जसिता गुरुङ र ख्याती प्राप्त कोरियोग्राफर सुरेन्द्र राई छन् ।

देशका बिभिन्न शहरहरु काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्जमा फिजिकल अडिसन सम्पएको हो । साथै नेपाल बाहिरका नेपालीभाषी भएको ठाउँहरुको प्रतिभा समेत सहभागी गराउने उद्देश्यका साथ डिजिटल अडिसन समेत गरिएको थियो । कार्यक्रमको होस्टमा अर्का चर्चित अभिनेता विल्सनबिक्रम राई र चर्चित नृत्याङ्गना कबिता नेपाली रहने छन् । 

‘सुपर डान्सर नेपाल’ कान्तिपुर टिभी एचडीमा यही साउन अन्तिम साता बाट प्रसारणमा आउने निर्माण कम्पनी एडी रिलिजले जनाएको छ । 
 

Advertisement

Advertisement