एक अर्बको ऋणपत्र निष्काशन गर्न लुम्बिनी बैंकले सेबोनसँग माग्यो अनुमति

Advertisement

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले एक अर्ब रुपियाँ बराबरको ॠणपत्र निष्काशन गर्ने भएको छ । 

ॠणपत्र निष्काशन गर्ने अनुमतिका लागि बैंकले असार ३० गने निवेदन दिएको सेबोनद्वारा बिहीबार प्रकाशित तथ्याङ्कमा उल्लेख छ । 

Advertisement

बैंकले ॠणपत्र निष्काशनका लागि यसअघि नै नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । 

बैंकले ‘एलबीबीएल बैंक डिबेञ्चर २०८९’ को नाममा वार्षिक ११ प्रतिशत व्याजदर भएको १० वर्ष अवधिको लागि प्रतिकित्ता रु. १००० मूल्य अंकित दरको १० लाख कित्ता ऋणपत्र निष्काशनका अनुमति मागेको नेप्सेले जनाएको छ । 

सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गर्ने बैंकले उल्लेख गरेको छ । 

Advertisement