इमर्जिङ नेपालको निमित्त सीईओमा रमेश बेल्वासे नियुक्त

Advertisement

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा रमेश बेल्वासेलाई नियुक्त गरिएको छ । 

गत शुक्रबार कम्पनीको सञ्चालक समितिको ७०औं बैठकको निर्णानुसार साउन २० गतेबाट नै लागू हुने गरी उनलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । 

Advertisement

हिरोवट युनिभर्सिटी, युकेबाट बिबिए र मास्टर डिग्री गरेका बेल्वासेले नेपाल एसबीआई मर्चेण्ट एण्ड बैंकि लिमिटेडमा लगानी प्रमुख भई ४ वर्ष काम गरेको अनुभव छ । 

मर्चेण्ट एण्ड बैकिङ क्षेत्रको राम्रो अनुभव भएका बेल्वासेलाई प्रमुखको जिम्मेवारी दिंदा संस्थागत विकासमा अगाडि बढ्ने विश्वास कम्पनीले लिएको छ । 
  
 

Advertisement

Advertisement