सयपत्री हाइड्रोको आईपीओ बाँडफाँट, तपाईँलाई पर्यो कि परेन ? यसरी हेर्नुहोस्

Advertisement

काठमाडौँ । सयपत्री हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) आज बिहान बाँडफाँट हुने भएको छ । 

बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो । 

Advertisement

उक्त कम्पनीको आईपीओ ६७ हजार ५५ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ताका दरले पाएका छन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलको वेबसाइट www.niblcapital.com  र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट http://sayapatrihydropower.com/ बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ । 

कम्पनीले साउन १३ गतेदेखि १७ गतेसम्म निष्काशन खुला गरेको आईपीओमा १४ लाख १२ हजार ४ सय ६८ जनाले १ करोड ५४ लाख ८२ हजार ९ सय ६० कित्ताको लागि आवेदन दिएका थिए । 

कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कूल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्काशन गरेको हो । 

कूल निष्काशन मध्ये ३६ हजार ५३ कित्ता सामुहिक लगानी कोष र १४ हजार ४२१ कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको ६ लाख ७० हजार ५ सय ८३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने व्यवस्था रहेको थियो ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

Advertisement

Advertisement