आइसीएफसी फाईनान्स र स्मार्टच्वाइस टेक्नोलोजिजबीच स्मार्ट क्यूआर प्रयोग गर्ने सम्झौता

Advertisement

काठमाडौँ । आइसीएफसी फाईनान्स लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड एससिटीबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ ।

सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात आइसीएफसी फाईनान्स लिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ एप प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यूआर मार्फत गर्न सक्ने जनाएको छ ।

Advertisement

उक्त सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन् ।
 

Advertisement

Advertisement