घट्यो सुनको मूल्य, प्रतितोला रु. ९५ हजार नौ सयमा कारोबार

Advertisement

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार दुई सयमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला रु तीन सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार सात सय थियो ।  

Advertisement

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार एक सय ९५ तोकिएकोे छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

Advertisement

Advertisement