अपर तामाकोशीको साधारणसभा आज, हकप्रद पारित गर्ने

Advertisement

काठमाडौं । अपर तामाकोशी हाईड्रोपावर कम्पनी लिमिटेडले आज (शुक्रबार) वार्षिक साधारणसभा बोलाएको छ । १४ औं साधारणसभा कम्पनीले काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ११ बजे गर्ने जनाएको हो। 

साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।

Advertisement

साधारणसभामा सर्वसाधारण शेयरधनीहरूका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना महिलासहित चार जना सञ्चालकहरूको निर्वाचनसमेत हुनेछ ।  साधारणसभाको विशेष प्रस्तावमा पूँजी वृद्धिको विषय रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार साधारणसभाले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

हाल कम्पनीको चुक्तापूँजी १० अर्ब ५९ करोड रुपियाँ छ। कम्पनीले सोही पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर जारीपछि कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड रुपियाँ पुग्नेछ। 
साधारणसभा प्रयोजनका लागि कम्पनीले साउन १८ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा  साउन १७ गतेसम्म कायम शेयरधनीहरू मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

Advertisement

Advertisement