पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ दक्षिण एशियाको उत्कृष्ट १० उद्यमीको सूचीमा पर्न सफल

Advertisement

काठमाडौं । मिस नेपाल २०१९ कि विजेता अनुष्का श्रेष्ठ दक्षिण एशियाका १० उत्कृष्ट महिला उद्यमीको सूचीमा पर्न सफल भएकी छन् । ‘इन द क्याप म्यागजिन’ले तयार पारेको सूचीमा उनको नाम तेस्रो स्थानमा छ । 

श्रेष्ठले विश्व सुन्दरी प्रतियोगिता ब्युटी विथ पर्पस विधा पनि जितेकी थिइन् । मिस नेपाल प्रतियोगितामा सहभागिता जनाउनुपूर्व अष्ट्रेलियाको एक बैंकको कर्मचारीका रुपमा कार्यरत उनी मिस नेपालमा माग लिनकै लागि बैंकको जागिर छोडेर नेपाल आएकी थिएन । 

Advertisement

श्रेष्ठले सन् २०२० मा स्थानीय डेजर्ट ब्रान्ड ‘माकुसी’ स्थापना गरेकी थिइन् । सोही ब्रान्डले उनलाई उद्यमीको रुपमा चिनाएको हो । यो ब्रान्डले परम्परागत नेपाली स्वादको मिठाइ बिक्री गर्छ । 

उक्त म्यागाजितको सुचीमा पहिलो स्थानमा बंगलादेशकी  तमारा आबेद छिन् । उनले स्थापना गरेको ब्रान्ड आरोङले कफीसहित अन्य उत्पादन गर्छ । दोस्रो स्थानमा भारतकी अनिशा सिंह छिन् । उनले मायडाला ब्रान्ड स्थापना गरेर चर्चामा आएकी हुन् । 

Advertisement

Advertisement