सामाजिक सुरक्षा कोषले शाखा कार्यालय खोल्यो, कोषमा संकलित २२ अर्ब कता लगानी हुँदैछ ?

Advertisement

काठमाडौं । सामाजिक सुरक्षा कोषले पहिलो पटक विराटनगर र सिमरामा शाखा कार्यालय खोलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सिंहदबारबाटै यी शाखाको उद्घाटन गरेका हुन् । 

कोषले हालसम्म राजधानी काठमाडौंको बबरमहलस्थित कार्यालयबाट सेवा दिँदै आएकोमा अब जिल्लास्तरमा पनि शाखा सुरु गरी सो ठाउँबाट सेवा दिन थालेको हो । कोषले थप शाखाहरु विस्तार गर्ने पनि बताएको छ । 

Advertisement

एक हप्ता अगाडि विशेष सापटी योजना सुरु गरेको कोषले ८० जना योगदानकर्ताहरुलाई झण्डै दुई करोड रुपियाँ बराबरको विशेष सापटी पनि दिएको जानकारी दिएको छ । 

कार्यक्रममा मन्त्री कुँवरले कोषले आवद्ध श्रमिकहरुलाई आफ्नो भविष्य सुरक्षित हुने अनुभूति गराएको बताए । उनले अब कोषको शाखाहरु पनि गाउँगाउँ, ठाउँठाउँमा विस्तार हुनुपर्ने बताए । सामाजिक सुरक्षा कोष कसको लागि किन आवश्यक छ रु भन्ने अनुभूति दिलाउने गरि सुविधाजनक गतिविधि बढ्नुपर्ने कुँवरले बताए । 

कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले आफ्ना अधिकांश सेवा प्रवाह अनलाइनबाटै हुने गरेको भन्दै हालसम्म कोषमा १७ हजार तीन सयभन्दा बढी रोजगारदाता रहेको र तीन लाख ५५ हजारभन्दा बढी श्रमिकहरु आवद्ध भएको बताए । 

हालसम्म २२ अर्ब ३३ करोडभन्दा बढी रकम संकलन भएको उनले बताए । ज्ञवालीले ५३ हजार योगदानकर्तालाई विभिन्न स्किममार्फत सुविधा उपलब्ध गराएको पनि बताए । उनले झण्डै तीन अर्ब रुपियाँ साढे १० प्रतिशत ब्याजदर पाउने गरी डिबेन्चरमा लगानी भएको र त्यत्ति नै ब्याजदरमा अरु रकम मुद्दतीमा रहेको बताउँदै नयाँ क्षेत्रमा सहवित्तीयकरणमा लगानी गर्न प्रयास भइरहेको बताए । 

Advertisement

Advertisement