चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनको तयारीमा सरकार
file photo

Advertisement

काठमाडौं । सरकारले चाडवाडलाई लक्षित गरी चाँडै नै सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा.नारायण प्रसाद रेग्मीले उपभोक्तालाई राहत दिन सुपथ मूल्यका पसल सञ्चालन यहि भदौभित्रै खुल्ने बताए ।

उनका अनुसार सुपथ मूल्यका पसलहरुबाट खाद्यान्नसहित दैनिक उपभोग्य वस्तु किन्दा अन्य पसलहरुको भन्दा सस्तो पर्न जान्छ । सरकारले प्रत्येक वर्ष चाडपर्वमा खाद्यान्नसहित दैनिक उपभोग्य वस्तुको खपत बढी हुने भएकाले उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । 

Advertisement

चाडपर्व नजिकिएसँगै उद्योग मन्त्रालयले सञ्चालन गर्न लागेको सुपथ मूल्यका पसलबाट चामल, आलु, नुन, तेल, चामल, दाल, गेडागुडी, घिउ, पनिर, पिठोलगायतका खाद्यान्न सामाग्री बिक्री गर्छ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसलबाट सामान बिक्री गर्ने छन् । 

Advertisement