विश्वकै सबैभन्दा सानो र स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर अब नेपालमा पनि

Advertisement

काठमाडौं । एमजी मोटर्सको नेपालको वितरक प्यारामाउन्ट मोटर्स प्रालिले नेपालमा पहिलो पटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल (विद्युतीय सवारी साधन) चार्जर सार्वजनिक गरेको छ । 

यो विशेष गरी विश्वभरिका ऊर्जा सचेत इलेक्ट्रिक भेहिकल प्रयोगकर्ताहरुका लागि डिजाइन गरिएको कम्पनीको भनाई छ । ईओ चार्जिङ (ईओ) ब्रिटिश प्रविधिको सक्षम चार्जिङ सोलुसन भएको बताउँदै कम्पनीले यो प्रविधि विश्वका ठूला व्यवसाय र अमेजन, डीएचएल र टेस्को कम्पनीले प्रयोग गर्दै आएका जनाएको छ ।

Advertisement

यो चर्जर विश्वभर ३५ भन्दा बढी देशमा वितरण भएको छ । यस कम्पनीले मर्सिडीज बेन्ज भ्यान जस्ता धेरै निर्माताहरूसँग चार्जिङ पार्टनरको रूपमा साझेदारी पनि गर्दै आएको जनाइएको छ । 

ईओ मिनी घरको पावर इनपुट जडानको आधारमा ६ एएमपीदेखि ३२ एएमपीसम्म समायोजन गर्न सकिन्छ । बजारमा सबैभन्दा सानो ईओ १७५ एमएम १२५ एमएम ९५ एमएममा उपलब्ध छ । 

ईओ मिनीका अन्य उल्लेखनीय सुविधाहरूमा सकेट वा टेथर्ड (कालो मात्र) र एक ७.२ किलोवाटसम्मको पावर रेटिङलाई लिन सकिने र कम्प्याक्ट चार्जर १ वर्षको वारेन्टीको साथ आउने कम्पनीको भनाई छ । यसको मूल्य ८५ हजार कायम गरिएको छ ।

Advertisement

Advertisement