नेपाल भ्रष्टाचार र हुण्डी कारोबारको जोखिममा छः गभर्नर, नगद कारोबार १२८ अर्बले घट्यो

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पती शुद्धीकरण (वित्तीय अपराध) सम्बन्धि जोखिम अन्तर्राष्ट्रिय मुलुकलाई देखाउनेभन्दा पनि आन्तरिक रुपमा सुधार गर्नुपर्ने बताएका छन् । 

बुधवार संसदको अर्थ समितिले सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा गरेको छलफलमा उनले मुलुकमा सम्पत्ति शुद्धीकरण सम्बन्धि जोखिम धेरै रहेकाले सरकारले नियन्त्रण गर्न जरुरी रहेको बताए । अधिकारीले सम्पत्ति शुद्धीकरणको समस्या क्षणिक नभएर दीर्घकालिन रुपमा सरकारले  निराकरण गर्नुपर्ने बताए । 

Advertisement

उनले सम्पत्ति शुद्धीकरणमा अन्तर्राष्ट्रिय रुपमा कालोसूचीमा पर्दा गम्भीर समस्या आउनसक्ने बताए । अधिकारीले सन् २००९ देखि २०१४ सम्म नेपाल अनुगमनमा परेका बेला अमेरिकास्थित नेपाली दूतावासको बैंक खाता खोल्न नाम चलेका अमेरिकी बैंकहरूले अस्वीकार गरेको स्मरण गरे ।

उनले अन्तर्राष्ट्रिय मुलुकहरुसँग सहकार्य र समन्वयन गर्नको लागि सम्पत्ति शुद्धीकरणमा नेपालले आफ्नो सम्पूर्ण तयारी पूरा गर्नुपर्ने बताए । अधिकारीले नेपाल भ्रष्टाचारले गाँजेको र अवैध कमाई गर्नेहरुको शेयर भ्वाइसमाथि हुने गरेको भन्दै नेपाल सम्पत्ति शुद्धीकरणमा कमजोर रहेको बताए । उनीले नेपाल भ्रष्टाचार र हुण्डी कारोबारको जोखिममा रहेको बताए । यसले गर्दा अन्तर्राष्ट्रिय मूल्याङ्कनमा कम नम्बर आएपनि सरकारी पक्षले राम्रो काम गरिरहेको अधिकारीको भनाई थियो । 

गभर्नर अधिकारीले राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणको विषयमा निजी क्षेत्रसँग पनि नजिकमा रहेर काम गर्न चाहेको बताए । उनले निजी क्षेत्रले बनाएरको प्लेटफर्म प्रयोग गरेर सबैलाई हुने साझा धारणा बनाउन नसकिएको बताए । अधिकारीले राष्ट्रिय परिचय पत्रको अवधारणले सम्पत्ति शुद्धीकरणको काम गर्न अझ सजिलो हुने देखिएको बताए । 

उनले डिजिटल कारोबारमा कोभिड अगाडि र पछाडि आकाश जमिनको फरक देखिएको बताए । अधिकारीले असार एक महिनामा ४२ लाख वटा कारोबारमा १५ अर्ब बराबरको  क्युआर कोडमार्फत मात्रै कारोबार भएको बताए । उजले कनेक्ट आइपिएस, आईपीएस डिजिटल पेमेन्ट, वालेट र मोबाइल बैंकिङको कारोबार व्यापक भएको बताए । 

गभर्नर अधिकारीले गत कात्तिक महिनाको १ गते ७२८ अर्बको कारोबार रहेकोमा त्यो कारोबार ६ सय १० अर्ब मात्रै रहेको बताए । उनले कात्तिकदेखि भदौ सम्ममा १२८ अर्ब क्यास कारोबार घटेको बताए । 

उनले क्युआर, मोवाइल बैंकिङ कारोबार बढ्नु डिजिटलाइजेसनको प्रभाव भएको बताए । अधिकारीले नेपालले डिजिटल कारोबारमा ठूलो फड्को मारेको बताए । उनले डिजिटल कारोबारमा ठूलो फड्को मारे पनि जोखिम धेरै रहेको स्वीकार गरे । 

Advertisement

Advertisement