भोलि भृकुटीमण्डपमा ‘दराज महोत्सव’

Advertisement

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले शनिबार(२५ भदौ) ‘दराज महोत्सव’ आयोजना गर्ने भएको छ । उक्त महोत्सव दराजका ग्राहकहरूसँग सम्बन्ध प्रगाढ बनाउन गर्न लागिएको कम्पनीले जनाएको छ । 

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने महोत्सवमा सांगीतिक कार्यक्रम, अन्तरक्रियात्मक खेल, फोटो बुथ, खाना स्टलका साथै बालबालिकाका लागि समर्पित मनोरञ्जनात्मक क्रियाकलाप पनि रहने कम्पनीले जनाएको छ । दराज नेपालका प्रमुख मार्केटिङ अधिकृत प्रनयना केसीका अनुसार ग्राहकलाई प्राथमिकतामा राखेर आयोजना गर्न लागिएको दराज महोत्सव एउटा पारिवारिक कार्यक्रम हुनेछ । साथै, महोत्सवमा सबै उमेर समूहलाई समेट्ने गरी विभिन्न गतिविधिहरु सञ्चालन गरिने छ । 

Advertisement

कम्पनीका अनुसार दराज महोत्सवमा सुशान्त केसी, स्वपन सुमन, वाङ्देन शेर्पालगायतका कलाकारहरूको सांगीतिक प्रस्तुति रहने छ । महोत्सवमा बढीभन्दा बढी सहभागिता गराउनका लागि प्रवेश शुल्क निःशुल्क गरिने जनाइएको छ । 

Advertisement