चिनियाँ नाकामा रोक्किएका कन्टेनर दशैंअघि नै पठाइदिने लीको आश्वासन

Advertisement

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष (सभामुख) ली झाङ्सुले सभामुख अग्नि सापकोटासँगको कुराकानीमा नेपाल–चीन बीचको व्यापारिक नाकामा रोक्किएका कन्टेनर खुल्ला गरिदिने आश्वासन दिएका छन् । 
 
दशैंको मुखमा आयात गर्न लागिएका करोडौं मूल्यका सामान सीमापारी चीनले रोकिदिएपछि व्यवसायीले चाँडै कुटनीतिक पहलमार्फत समस्या समाधान गर्न सरकारलाई दबाब दिँदै आएका थिए । 

लीले ​कोरोना महामारीका कारण तिब्बतमा रोक्किएका सबै कन्टेनर दसैँअघि नै नेपाल आउन दिने बताएका हुन् । कुल ६७ सदस्यीय जम्बो टोलीसहित सोमबार नेपाल आएका उनले शीर्ष नेताहरुलाई भेटिरहेका छन् । 

Advertisement

चीनले सामान आयातमा अघोषित नाकाबन्दी गरेको भन्दै चाँडै नाका सुचारु गराउन माग गर्दै आएका थिए । नेपालमा पछिल्लो समयमा पश्चिमा गतिविधि बढेपछि नेपालसँग असन्तुष्ट रहँदै आएको थियो । सीमामा भइरहेको अवरोध पनि त्यसैको प्रतिक्रियाको रुपमा हेरिएको थियो । 

वार्तामा सीमा नाका र तिब्बतका विभिन्न ठाउँमा रोक्किएका कन्टेनर नेपाल पठाइदिन आग्रह गरेपछि जनकंग्रेस अध्यक्ष लीले सकारात्मक जवाफ दिएको सापकोटाको सचिवालयले जनाएको छ ।

यसअघि भन्सार विभागका सूचना अधिकारी तथा निर्देशक पुण्यविक्रम खड्काले चीनतर्फ रोक्किएका सयौं कन्टेनरहरु सम्बन्धित निकायको पहलमा चाँडै सूचारु हुने बताएका थिए । उनले संक्रमणका बेला आउजाउ नभएको अवस्थामा व्यापार व्यवसाय बन्द हुनु स्वभाविक भएको बताउँदै रोक्किएका कन्टेनर दसैं अगाडि नै खुलाउन पहल भइरहेको बताएका थिए । 

Advertisement

Advertisement