मोवाइल व्यवसायीले लामो समयदेखि माग गर्दै आएको ‘एमडीएमएस’ बल्ल आंशिकरुपमा लागू

Advertisement

काठमाडौं । मोवाइल व्यवसायीहरुले मोवाइलको चोरी पैठारी नियन्त्रणका लागि लागू गर्न माग गर्दै आएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम’ (एमडीएमएस) बल्ल लागू भएको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारबाट यसको शुभारम्भ गरे पनि यो सिस्टमले पूर्णरुपमा काम गर्न भने अझै समय लाग्ने बताइएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो सिस्टम शुभारम्भ गरेका हुन् । 

Advertisement

‘मोबाइल डिभाईस म्यानेजमेन्ट सिष्टम’ समृद्धिमा योगदान पुर्याउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको मन्त्री कार्कीको भनाई थियो । उनले यो सिस्टम प्रभावकारीरुपमा लागू गर्न पनि सुझाव दिए । 

एमडीएमएसमा रजिष्ट्रर भएको आधारमा नेपालमा रहेका मोवाइलहरु चल्ने भएकाले रजिष्ट्रर नभएका चोरी पैठारीका मोवाइलहरु आफै निष्क्रिय हुने र चोरी पैठारी नियन्त्रण हुने, सरकारलाई राजश्व पनि बढ्ने, व्यवसायीको लगानी सुरक्षित भई व्यवसाय पनि बढ्ने बताइएको छ । 

Advertisement

Advertisement