हुन्डाई फेस्टिभ डिलाइट योजनामा पाँच लाखसम्म छुट पाइने

Advertisement

काठमाडौँ । लक्ष्मी इन्टरकन्टिनेन्टल (हुन्डाई अटोमोवईल्सको आधिकारिक विक्रेता) ले आउँदै गरेको दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै हुन्डाई फेस्टिभ डिलाइट योजना ग्राहकहरु माझ ल्याएको छ । यो योजना भदौ ३० गतेदेखि सुरु भएको हो । 

यस योजना अन्तर्गत, ग्राहकहरुले रु. ५,००,००० सम्मको आकर्षक नगद छुटका साथै स्क्र्याच कार्ड मार्फत् थप १५०,००० लाख सम्मको नगद छुट पनि पाउन सक्नेछन् । साथै यो योजनामा ग्राहकहले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा पाउनेछन् । 

Advertisement

सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुनेछन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १७ शोरुमहरु तथा १९सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको जनाएको छ ।  
 

Advertisement

Advertisement