नयाँ वर्षमा बजाजको नयाँ योजना, रु १ लाखसम्मको उपहार अफर

Advertisement

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नव आरम्भ’ योजना सार्वजनिक गरेको छ । 

बजाजले यस नयाँ वर्षमा ग्राहकहरुलाई विभिन्न आकर्षक छुट, उपहार र सुविधाहरु प्रदान गर्ने घोषणा गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले बजाजका कुनै पनि बाइक किन्दा आकर्षक छुट पाउनेछन् । 

Advertisement

भाग्यशाली विजेताले रु. १ लाखसम्मको नगद उपहार पनि जित्न सक्ने कम्पनीको भनाई छ  । त्यसका साथै ग्राहकहरुले ३६ महिनाको ईएमआई अफरमा पनि बजाज बाइक खरिद गर्न पाउनेछन् जसमा ग्राहकलाई किस्ताको रकम धेरै कम हँुन आउने जनाइएको छ । 

त्यसैगरी ३० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्ने विकल्प पनि ग्राहकहरुसँग उपलब्ध हुनेछ । नेपालको दुई पांग्रे बजारमा ठूलो हिस्सा ओगट्दै आएको बजाजको सबैभन्दा ठूलो सर्भिस नेटवर्क पनि छ । रिसेल भ्यालु, स्पेयर पार्टसहरुको सहज उपलब्धता र उपभोक्ता–मैत्री नीतिले गर्दा बजाजका मोटरसाइकलहरु बजारमा सर्वाधिक लोकप्रिय रहेको कम्पनीको भनाई छ । विगत २५ बर्षदेखि बजाज नेपाली बजारमा अग्रणी स्थानमा रहँदै आएको छ । 

Advertisement

Advertisement