दार्चुलाको विकट छाङरुमा नेपाल टेलिकमको फोजी सेवा, लिम्पियाधुरासम्म नेटवर्क पुग्ने दावीे

Advertisement

काठमाडौं । नेपाल टेलिकमले दार्चुलाको विकट छाङरुमा फोरजी सेवा बिस्तार गरेको छ । कम्पनीले बुधबार उक्त सेवा शुभारम्भ गरेको हो ।

दार्चुलाको व्यास गाउँलालिकामा विस्तार भएको यो सेवाका लागि आफूहरुले हेलिकप्टरबाट सामान ढुवानी गरेको कम्पनीको भनाई छ । दार्चुलाको महाकाली नगरपालिकास्थित न्यू बालाशिखरमा माइक्रो वेभ रेडियो लिंकमार्फत नेटवर्क निर्माण गरिएको छ । 

Advertisement

खलंगादेखि ४५ किलोमिटरको दूरीमा सामान ढुवानी गरेको बताउँदै टेलिकमले यसबाट १२० घरधुरी र सात सय जनसंख्याले फोरजी सेवा प्रयोग गर्न पाउने बताएको छ । त्यस्तै प्रत्यक्ष अप्रत्यक्ष रुपमा चार हजार जनाले लाभ लिनसक्ने अनुमान गरिएको छ । 

लिपुलेक, कालापानी र लिम्पीयाधुरामा समेत उक्त फोरजी सेवाले काम गर्ने कम्पनीको दावी छ । टेलिकमले २० व्याण्ड अर्थात हजार मेगाहर्जमा मोवाइलमार्फत भ्वाइस र डाटा चलाउन सकिने टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताएका छन् । 

Advertisement

Advertisement