नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत हुनसक्ने एसियाली विकास बैंकको संशोधित अनुमान

Advertisement

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । यसअघि पाँच प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको एडीबीले बुधबार संशोधित अनुमान सार्वजनिक गरेको हो । 

आज सार्वजनिक एसियन डेभलपमेन्ट आउटलुक २०२२ मा उसले सन् २०२३ (आर्थिक बर्ष २०७९–८०)मा आर्थिक वृद्धिमा केही संकुचन आउने अनुमान गर्दै आयातमा गरिएको कडाईले आर्थिक वृद्धिदरमा कमी आउने जिकिर गरेको हो । अघिल्लो बर्ष आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहेको थियो । यस बर्ष सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ । 

Advertisement

आयात रोक्ने नेपालको सरकारको कदमले आन्तरिक  उत्पादन र उपयोगमा समेत असर पर्ने, कोभिड महामारी, डेंगु प्रकोपको बढ्दो विस्तार, प्राकृतिक प्रकोप, मलको अभाव जस्ता कुराले पनि नेपालको आर्थिक वृद्धिदरमा असर पुग्ने बताउँदै एडीबीले मनसुन राम्रो देखिएकाले कृषि क्षेत्रको वृद्धिदर भने राम्रो हुनसक्ने बताएको छ । ।

साथै, उसले नेपालको मुद्रास्फीतिको स्थिति सामान्य रहने औंल्याएको छ । एडीबीका अनुसार यस बर्ष महंगी ६.१ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । आर्थिक संकटका कारण श्रीलंकाको आर्थिक वृद्धिमा नकारात्मक विस्तार भए पनि दक्षिण एसियाका अन्य मुलुकमा भने सकारात्मक हुने अनुमान गर्दै एडीबीले  श्रीलंकाको कुल ग्राहस्थ उत्पादन ३.३ प्रतिशतले ऋणात्मक हुने अनुमान गरेको छ । 

Advertisement

Advertisement