काठमाडौंबाट हुँदै आएको सोलुखुम्बु–लुक्ला उडान अब मन्थलीबाट, पर्यटनमन्त्री निरीक्षणमा

Advertisement

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको सोलुखुम्बु–लुक्ला उडान अब रामेछापको मन्थली विमास्थलबाट हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले केही समय अगाडि नै काठमाडौं–लुक्ला उडानलाई मन्थली विमानस्थलबाट रामेछाप–लुक्ला उडान शुरु गर्ने निर्णय गरेको हो । 

प्राधिकरणले आफ्नो निर्णय अनुसार रामेछाप–लुक्ला उडानको लागि विमानस्थलमा आवश्वयक पर्ने संरचना तथा सेवा सुविधाका लागि विमानस्थल निर्माणको कार्य भइरहेको जनाएको छ । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले समेत असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान शुरु गर्ने तयारी गरिसकेका छन् । 

Advertisement

बिहीवार संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठ, नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी सहितको टोलीले रामेछाप मन्थली विमानस्थलको स्थलगत निरीक्षण गरे । रामेछाप–लुक्ला नियमित उडानको लागि मन्थली विमानस्थल व्यवस्थित भए नभएको बारेमा मन्त्री श्रेष्ठले स्थलगत निरीक्षण गरेका हुन् । 

मन्थली विमानस्थलको स्थलगत निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले प्राधिकरणले लुक्ला उडानलाई रामेछाप मन्थली विमानस्थललाई बेस बनाएर रामेछाप–लुक्ला उडानलाई व्यवस्थित बनाउने बताए । उनले विमानस्थल विस्तारको काम सकारात्मक रहेको भन्दै हवाई यात्रुहरुको लागि विमानस्थलमा आवश्वक संरचना निर्माण गरिने बताए । 

श्रेष्ठले मन्थली विमानस्थलबाट लुक्ला उडान गर्ने यात्रुहरु बढी विदेशी पर्यटकहरु हुने भएको भन्दै मन्थली विमानस्थललाई व्यवस्थित बनाउन आवश्यक रहेको बताए । उनले विदेशी तथा स्वदेशी नागरिकहरु विमानस्थलमा आउने वातावरण बनाउन विमानस्थलमा सेवा सुविधाहरु व्यवस्थित बनाउन निर्देशन दिए । 

श्रेष्ठले सरकारले मन्थली विमानस्थललाई व्यवस्थित गर्ने काममा कुनै कमि हुन नदिने बताए । उनले मन्थली विमानस्थलमा सर्वसाधरण जनताको लागि नियमित काठमाडौं उडान गर्ने विषयमा मन्त्रालयले चाँडै निर्णय गर्ने बताए । आजै उनले दाङको टरिगाउँ विमानस्थलको पनि निरीक्षण गरे । 

श्रेष्ठले विमानस्थलमा पुगेर दाङको जनधनत्व र सहरीकरण बढ्दै गएकाले विमानस्थलमा ७२ सिट क्षमताको प्लेन ल्याण्डिङ गर्ने गरी धावनमार्ग बनाउनुपर्छ भनेर प्राथमिकतामा राखेको बताए । उनले विमानस्थल बिस्तार गर्दै ७२ सिटे हवाईजहाज बस्न सक्नेगरी धावनमार्ग बिस्तार गर्ने प्रतिवद्धता जनाए । 

Advertisement

Advertisement