नविल बैंकका कार्डहोल्डरलाई इण्डियाको म्याक्स हेल्थकेयरमा १२ प्रतिशत छुटसम्वन्धी सम्झौता

Advertisement

काठमाडौं । नविल बैंकका कार्ड होल्डरलाई इण्डियाको म्याक्स हेल्थकेयर इन्ष्टिच्युटमा १२ प्रतिशत छुट दिनेसम्वन्धी सम्झौता भएको छ । मंगलबार दुवै पक्षबीच सोसम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

सम्झौताअनुसार इण्डियामा ठूलो नेटवर्क भएको चर्चित स्वास्थ्य संस्था म्याक्स हेल्थकेयरमा नविल बैंकका डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकलाई ओपीडी र आईपीडी सेवामा १२ प्रतिशत छुट तथा शुल्यक्रिया सेवामा विशेष सेवा प्राप्त हुनेछ । 

Advertisement

नविलका सात लाख डेबिड कार्ड प्रयोगकर्ता तथा ३२ हजार क्रेडिट कार्ड प्रयोगकर्ता छन् । नविल नेपालको नम्बर वान बैंकको रुपमा परिचित छ ।  
 

Advertisement