दशैं लाग्योः बैंकहरुमा भत्ता लिन लाममा बसेका बृद्धबृद्धाहरु (फोटो फिचर)

Advertisement

काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैं शुरु भइसकेको छ । 

अहिले बजारहरुमा दशैंका लागि किनेमेल गर्नेहरुको भीड बढिरहेको छ भने दशैं मान्न शहरबाट घरजानेको संख्या उल्लेख्य मात्रामा बढिरहेको छ । 

Advertisement

दशैंका लागि नयाँ पैसा साट्न बैंक तथा वित्तीय संस्थामा भीड लागेको देख्न सकिन्छ । यसैक्रममा हिजोआज बैंकहरुमा बृद्धबृद्धाहरु पनि लाइनमा बसिरहेका देखिन्छन् । उनीहरु सरकारले प्रदान गर्ने बृद्ध भत्ताका लागि लाममा बसेका हुन् । बृद्ध भत्ता लिएर दशैं मान्ने उनीहरुको योजना छ । 

हेरौं केही तस्बिरः 


ललितपुर । ललितपुरको पाटनस्थित नेपाल बैंकमा बिहीबार सामाजिक सुरक्षा भत्ता लिन लामबद्ध ज्येष्ठ नागरिक । तस्बिरः चन्द्रकला क्षेत्री/रासस


दमौली । तनहुँको दमौलीस्थित प्राइम बैङ्कमा सामाजिक सुरक्षाभत्ता लिन आएका ज्येष्ठ नागरिक । दसैँका बेला यहाँका बैङ्क तथा वित्तीय संस्थामा सेवाग्राहीको चाप बढेको छ । तस्बिरः कृष्ण न्यौपाने/ रासस

त्रिवेणी । नवलपुरको कावासोतीस्थित बैङ्क प्राङ्गणमा बिहानैबाट सामाजिक सुरक्षाभत्ता लिन प्रतीक्षामा बसेका ज्येष्ठ नागरिक । दिउँसो भिडभाड हुने भन्दै बैङ्क खुल्नुअगावै ज्येष्ठ नागरिक बिहानै बङ्क पुग्ने गरेका छन् । तस्बिरः दयाराम आचार्य/रासस

Advertisement

Advertisement