नक्सालमा खुल्यो यामाहा नेपालको सर्वाधिक ठूलो शोरुम

Advertisement

काठमाडौँ । नेपालको लागि यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेज प्रालिले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । 

आज उद्घाटन गरिएको नक्सालमा स्थित उक्त शोरुम टु ह्वीलर इण्डष्ट्रिकैसबैभन्दा ठूलो र अत्याधुनिक शोरुम मानिएको छ ।

Advertisement

यामाहाको विश्व व्यापी नयाँ अवधारणा ब्लू स्क्वायरलाई अबलम्बन गरी नक्सालमा उक्त शोरुम सञ्चालनमा ल्याईएको हो । यामाहाको ‘ग्लोबल मोटर स्पोर्टस् लिगेसी’ लाई आत्मसाथ गर्दै सम्पूर्ण राईडर्सले आफ्नो राईडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा शोरुमलाई लिईएको छ । 

‘नेपालीहरुको महान चाड वडा दशैँको अवसरमा नेपालकै सर्वाधिक ठूलो र सुविधा सम्पन्न यामाहा शोरुम खोल्न पाउँदा हामी धेरै हर्षित छौँ । यस शोरुमले वाईक प्रेमीहरुलाई यामाहाको उत्कृष्ट प्रविधि युक्त विभिन्न मोटरसाईकल स्कुटर, एसेसेरिज र अप्रियल उपलब्ध गराउने कुरामा हामी विश्वस्त छौँ ।’ –यामाहा नेपालका लागी सीईओ राजु छेत्रीले बताए ।  
 

Advertisement

Advertisement