यस बर्ष पर्यटकीय सिजन अगाडि नै दशैं परेकाले पर्यटन व्यवसायी खुशी, कस्को दशैं कस्तो ?

Advertisement

काठमाडौं । नेपालीहरुको महान चाड दशैंको माहौल छ अहिले । सबै मानिसहरु आ–आफ्नो घरमा घर गाउँ पुगेका छन् । कतिपय मानिसहरु परिवारसहित घुम्न निस्किएका छन् । क्षमताअनुसार मानिसहरुले दशैं मनाइरहेको बेला पर्यटन क्षेत्रका नेतृत्वकर्ताहरु पनि दशैंको रमाइलोमा छन् । 

पछिल्लो समय दशैंतिहार जस्ता चाडपर्वमा घुम्न निस्किने चलनले पर्यटन व्यवसायीलाई थप प्रोत्साहित गरेको छ । यस बर्ष दशैं अगाडि नै परेबाट उनीहरुलाई थप सहज भएको छ । प्रायः दशैं अक्टोबर मध्यतिर पथ्र्यो । यस बर्ष भने सेप्टेम्बरबाटै दशैं सुरु भएको छ । 

Advertisement

अघिल्ला बर्षमा कोभिड महामारीका कारण राम्रोसँग दशैं मनाउन नपाएका यस पटक भने पर्यटकको सिजन सुरु हुनुअघि सहजरुपमा दशैं मनाउन पाएका छन् । पर्यटन व्यवसायीहरु कोही घरमै, कोही घुम्न निस्किएर दशैं मनाइरहेका छन् । अक्टोबरको मध्य र अन्त्यतिर दशैं पर्दा पर्यटन व्यवसायीहरुलाई दशैंको भन्दा व्यवसायको चटारो हुन्थ्यो । 

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मी आफन्तजनको निधनको कारण टीका लगाउन नमिल्ने भएकाले पैत्रिक थलो नगई काठमाडौंमै छन् । उनले भने, ‘यस बर्ष टीका छैन् । त्यसैले दशैंमा परिवारसँगै घरमा बस्ने, खाने, रमाइलो गर्ने काम भइरहेको छ ।’ 

अघिल्ला बर्ष दशैं मनाउन परिवारसँगै गाउँ स्याङजा जाने गरेका रेग्मी टीका लगाउन नभएकाले काठमाडौंमा बस्दा खल्लो महशुस भए पनि कतै घुम्न जानसक्ने पनि बताए । 

त्यस्तै, नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)का अध्यक्ष शिव अधिकारीले यस पटकको दशैंका लागि नयाँ योजना बनाएका छन् । उनी परिवार लिएर सेती नदीमा पुगेका छन् । 

दमौलीदेखि सुरु भएर नारायणघाट निस्कने, बच्चाहरुलाई क्यापिङको लोकल लाइफको बारेमा पनि अनुभव गराउने उद्देश्यले यस्तो योजना बनाएको बताए । अधिकारी भने, ‘उनीहरुलाई र्याफ्टिङसम्बन्धी धेरै थाहा थिएन । त्यसैले मैले यस पटकको दशैंमा सेती नदीमा लिएर आएको हुँ ।’

उनले थपे, ‘मेरो दुई जना छोरीहरु छन् । परिवार र दुई वटा बोट, कयाक, खानेकुरा सब कुराहरु लिएर विदेशी स्टाइलले आएको छु । अरु नदीका ८–१० जना साथीभाई लिएर ५–६ दिनको क्यापिङ गर्ने योजना छ । 

बच्चाहरुलाई क्याम्पिङ, र्याफ्टिङको अनुभव गराउन पनि यस्तो निर्णय गरको अधिकारीले सुनाए । उनले गएको दशैंमा गाउँ धादिङ गएयो, त्योभन्दा अघिल्लो गोरखा, भोटेकोशी गएयो अनुभव सुनाउँदै यो वर्ष फरक अनुभवका लागि र्याफ्टिङ रोजेको बताए । 

यसले र्याफ्टिङको पनि प्रवर्द्धन गर्नुका साथै परिवारलाई पनि फरक तरिकाबाट दशैं मनाउने मौका मिलेको बताउँदै अधिकारीले यसले आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुगेको बताए । 

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाले भने यस बर्ष परिवारसँगै काठमाडौं घरमा बसेर दशैं मनाइरहेका छन् । उनले भने, ‘पर्यटकीय सिर्जनको बेलाभन्दा अल्ली अगाडी दशैं परेकोले यसपाली फुर्सदले दशैं मनाउने छु परिवारसँग ।’ 

परिवार, आफन्तसँग बसेर खानपिन र रमाइलो गरिरहेका थापा टीकाको दिन ठूलाबडाबाटको हातबाट टीका लगाउने योजनामा छन् । प्रायः हरेक दशैंमा फुर्सद नहुने गरे पनि यस बर्ष केही फुर्सद हुँदा दशैं मनाउन पाएकोमा उनी खुशी छन् । 

त्यस्तै, गाउँ पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष गोपाल थापाले आफ्नो गाउँ धादिङमा दशैं मनाउँदै छन् । उनले भने, ‘पहिला त म काठमाडौंमै दशैं मनाउथें । तर अहिले बुबा आमा नै गाउँमा हुनुहुन्छ । त्यसैले म दशैं गाउँमै आएको छु ।’

पर्यटन व्यवसायमा लागेकाले धेरैजसो दशैंमा घरबाहिर ट्रेकिङमा हुने थापालाई यस पटक भने गाउँ जाने अवसर मिलेको हो । दशैंमा गाउँ घरमा आफ्नो परिवार, आफन्त, छिमेकीहरुसँग रमाइलो गर्न रहर धेरै हुने भए पनि व्यवसायले गर्दा सोचे जस्तो नहुने अनुभव सुनाए । 

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बाँस्तोला काठमाडौंमै दशैं मनाउँदै छन् ।  

उनले भने, ‘पहिला पहिला दशैंमा हो भने ट्रेकिङ सिर्जनमा दशैं पर्ने, हामी पर्यटन व्यवसायी ट्रेकिङमा जान्थ्यौं । दशैं पनि मज्जाले मनाउन पाउँदैन्थ्यौं । तर यस पटक परिवारसँग दशैं मनाइने अवसर मिलेको छ । 

Advertisement

Advertisement