नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

Advertisement

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ । शुक्रबार नेपाल डेभलपमेन्ट अपेडट सार्वजनिक गर्दै बैंकले आर्थिक वृद्धिदर पाँच प्रतिशतभन्दा माथि रहने अनुमान गरेको हो । 

केही दिनअघि एसियाली विकास बैंक (एडीबी)ले नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत मात्रै रहने प्रक्षेपण गरेको थियो । सरकारले भने यो बर्ष आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ । 

Advertisement

कोरोनापछि पर्यटन क्षेत्रमा देखिएको सुधार र विद्युत् उत्पादनमा भइरहेको वृद्धिले समग्र उत्पादन क्षेत्रमा पर्ने सकारात्मक प्रभावका कारण अर्थतन्त्र विस्तारमा योगदान पुग्ने विश्लेषण गर्दै विश्व बैंकले विदेशी मुद्राको सञ्चितिमा आएको कमीमा पनि क्रमिक सुधार आउने आशा व्यक्त गरेको छ । 

यस वर्ष दक्षिण एसियाली क्षेत्रको विस्तार औसतःमा ५।८ प्रतिशत रहने छ । यस भेगमा भारतले सेवा क्षेत्र र निर्यात व्यापारका कारण सकारात्मक वृद्धि गरिरहेको पाइएको छ । रुस(युक्रेन युद्ध र यसले मूल्यमा परेको चापको प्रभाव भने कुनै न कुनै रुपमा सबैजसो मुलुकले भोग्नु परेको विश्व बैंकले जनाएको छ ।

दक्षिण एसियामा सबैभन्दा संकटमा भने श्रीलंकाको अर्थतन्त्र रहेको छ । यो वर्ष सो मुलुकको अर्थतन्त्र ९।२ प्रतिशतले घट्ने अनुमान गरिएको छ । यो सन् २०२३ मा ४।२ प्रतिशतले गिरावट आउने छ ।

नेपाल डेभलपमेन्ट अपडेटमा विश्व बैंकले जलवायु परिवर्तनका कारण नेपालमा परेको प्रभावबारे समेत विश्लेषण गरेको छ । नेपाल विश्वव्यापी रुपमा हरितगृह ग्यासहरुको नगन्य योगदानकर्ता भए पनि जलवायु परिवर्तनको जोखिम भएका मुलुकमा भने अग्रस्थानमा पर्छ ।

विश्व बैंकको विश्लेषण अनुसार आगामी दिनमा यसका प्रभावहरु अझ तीव्र गतिमा देखिने छन् ।

Advertisement

Advertisement