नेपाल बैंकको ८६ वर्षे यात्राः दक्ष जनशक्ति र आधुनिक प्रबिधिले खरो प्रतिस्पर्धी बन्दै

Advertisement

काठमाडौं । नेपालमा    बैंकिङ    इतिहासको    अध्ययन गर्दा २० औँ शताब्दीको मध्यपूर्वको    समयलाई    बैंकिङ    इतिहासमा    सर्वाधिक महत्त्वको    समय मानिन्छ । विश्वमा १७ औँ शताब्दीताका नै सुरु भएको बैंकिङ अभ्यास नेपालमा  आइपुग्न   २० औँ शताब्दीको पनि अन्त्यसम्म पर्खनुपर्यो । 

नेपालको बैंकिङ क्षेत्रमा अहिले जुन क्रान्ति भएको छ, यसको जग बसाल्ने काम नेपाल बैंक लिमिटेड’ को स्थापनाबाट भएको हो, किनकि नेपाल बैंक नेपालको पहिलो बैंक हो । जसको स्थापना १९९४ साल कात्तिक ३० गते भएको हो । नेपाल बैंक कानुन १९३७ अनुसार स्थापना भएको यस बैंकको उद्घाटन    राजा त्रिभुवनले गरेका हुन् । त्यतिबेला पनि सार्वजनिक    निजी साझेदारी (पिपिपी) मोडलमा सुरु भएको यस बैंकमा १० जना लगानीकर्ता थिए । ८ लाख ४२ लाख हजार चुक्ता पुँजीबाट शुरु भएको बैंकको निक्षेप १७ लाख थियो भने लगानी १९ लाख थियो ।

Advertisement

नेपालमा बैकिङ प्रणालीको सुरुवात र विकासकर्ताका हिसाबले पनि नेपाल बैंकको भूमिका अतुलनीय रहेको छ । यसको आफ्नै लामो गौरवमय इतिहास छ । नेपालमा औपचारिक बैकिङ सेवाको सुरुवात मात्र नभई स्वदेशी मुद्रा प्रचलनमा    सहजता ल्याउने    श्रेय पनि नेपाल बंैक लिमिटेडलाई जान्छ । भारतीय रुपियाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंक लिमिटेडले खेलेको भूमिका इतिहासका स्वर्णिम पानाहरुमा सदा लेखिइरहने नै छ । त्यसैगरी वि.स. १९९४ देखि २०१३ सालसम्म    देशको केन्दी्रय बैंकको भूमिकासमेत निर्वाह    गरेको नेपाल बैंक लिमिटेड नेपालको  वित्तीय क्षेत्रमा एउटा छुट्टै अनुभव बोकेको गौरवशाली बैंक हो । 

नेपालको आर्थिक विकासमा अग्रणी भूमिका खेलेको नेपालको    पहिलो बैंक नेपाल बैंक १९९४ सालदेखि हालसम्म अनवरत विश्वासको ८६ औँ वर्षसम्म अटुट रूपमा बैंकिङ सेवा प्रदान गर्न सफल भई आफ्नो निरन्तर यात्रामा गतिशील रूपमा लागिपरिरहेको छ ।

स्थापनाकालदेखि हालसम्म पनि अनवरत सेवा प्रवाह गर्दै आएको नेपाल बैंक नेपाली माटो र हरेक नेपाली जनसँग प्रगाढ सम्बन्ध गासिएको बैंक हो । बालक, युवा र प्रौढ हुदै जेष्ठ नागरिक सबैको पहिलो रोजाइको बैंक बन्न सफल नेपाल बैंक लिमिटेडमा    हाल २१ लाखभन्दा बढी ग्राहक छन् । पुस्तौँदेखि पुस्तासम्म गहिरो इतिहास भएको यो बैंक हाल सबै पिढीको साथी’ का रूपमा अगाडि बढिरहेको छ । सरकारी वित्तीय काराबवार गर्ने जिम्मेवारी पाएका कारणले पनि नाफा मात्र नभई उच्च सेवा भावले आम नेपालीको मन मस्तिष्कमा रहन यो बैंक ओतप्रोत रहेको छ । बैकको मूल ध्येय नै ग्राहकलाई कसरी गुणस्तरीय र सहज ढङ्गले वित्तीय सेवा उपलब्ध गराउने भन्नेमा छ । 

ठुला उद्यमी व्यवसायीदेखि    सामान्य    आर्थिक स्तर भएका नेपालीजनको प्राथमिकतामा नेपाल बैंक लिमिटेड सधैं अग्रपङ्क्तिमा रहेको छ । वास्तवमा नेपाल बैंक लिमिटेड आफ्नो ८६ वर्षे लामो यात्रामा लाखौं नेपालीको मन जितेर उनीहरूको रोजाइको बैंक बन्न सफल भएको छ । 

साना मझौला एवम् ठुला सबै खाले उद्यम र परियोजनामा बैंकले ऋण लगानी गरेको छ । कृषि, पर्यटन, जलविद्युत्लगायत सरकारको नीतिअनुसार प्राथमिकता    प्राप्त क्षेत्रमा बैंकको लगानी उल्लेख्य छ । युवा स्वरोजगारका क्षेत्रमा होस् वा महिला उद्यमशिलता, शैक्षिक बेरोजगार व्यक्तिहरूलगायत विदेशबाट फर्किएका सीपयुक्त व्यक्तिहरूलाई सक्षम एवं    आत्मनिर्भर बनाउन    सरकारले दिएको सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई समेत बैंकले प्रभावकारी रूपमा कार्यान्वयनसमेत गर्दै आइरहेको छ । 

सम्पूर्ण आधुनिक बैंकिङ  सेवाका रूपमा रहेका मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, अनलाइन बैंकिङ्, डेबिट कार्ड, क्रेडिट    कार्ड, सि–आस्वा,    क्युआरकोड    लगायतका    अन्य डिजिटल बैंकिङ सुविधाहरूले    बैंकको    सेवाप्रवाहलाई    थप गतिशील,    सहज र प्रतिस्पर्धी बनाएको छ । बैंकले आधुनिक    बैंकिङ सेवाको साथमा सुरक्षित निक्षेप, सुलभ र सहज कर्जा, भरपर्दो रेमिट्यान्स, छिटोछरितो र सुरक्षित प्रतीतपत्र, बैंक जमानतलगायत ट्रेड फाइनान्सका थुप्रै सुविधाहरू प्रदान गरिरहेको छ । 

सेवाविस्तारमा आक्रामक ढङ्गले प्रस्तुत भई बैंकले २२१ शाखामार्फत कारोबार गर्दै आएको छ । बैंकले शाखासँगै १९० वटा एटिएम, ४९ वटा एक्सटेन्सन काउन्टरमार्फत देशैभर आफ्नो गतिलो उपस्थिति जनाएको छ । यति मात्रै होइन, हाल आएर    नेपाल बैंकले    आफ्ना लगानीकर्तालाई आकर्षक प्रतिफल दिन सफल भइरहेको छ । बैंकका सबै वित्तीय सूचकहरू स्वस्थ र सन्तुलित देखिन्छन् । वि.स. २०७९ असार मसान्तसम्म १ खर्ब ९६ अर्ब निक्षेप सङ्कलन गरी १ खर्ब ७१ अर्ब कर्जा प्रदान गर्न बंैक सफल भएको छ । 

८६ वर्ष    अघि ८ लाख ४२ हजार रुपियाँबाट सुरु भएको नेपाल बैंकको चुक्ता पुँजी अहिले १४.४० अर्ब छ । प्रत्येक वर्ष सञ्चालन मुनाफा बढिरहेको छ । बैंकको जगेडा कोषमा १७.८२ अर्ब रुपियाँँ रहेको छ भने ३५ अर्ब बढी नेटवर्थ रहेको छ । प्रशस्त अचल सम्पत्ति, कासा निक्षेप, आधार दरको न्यूनता, स्प्रेड दर व्यवस्थापन, ब्याजदरको सन्तुलित उतारचढाब, खराब कर्जा व्यवस्थापन लगायतका सूचकहरूमा समेत बैंक दरिलो देखिन्छ । 

आधुनिक प्रविधिसँगै साक्षात्कार गर्ने युवा पुस्ताको बाहुल्य रहेको यस बैंकमा करिब ३००० को सङ्ख्यामा कर्मचारी कार्यरत छन् । यस बैंकमा कार्यरत कर्मचारीहरूको औसत उमेर ३५ वर्ष रहेको छ भने महिला र पुरुष कर्मचारीहरूको सङ्ख्यामा उचित सन्तुलन रहेको छ । सक्षम सञ्चालक, कुशल व्यवस्थापक तथा शैक्षिक र प्राविधिक निपूर्णताले खारिएका जनशक्तिका कारण बैंकले निरन्तर रूपमा ग्राहकको माया पाउन बैंक सफल भएको छ ।

Advertisement

Advertisement